राजनीति

रवीन्द्र मिश्रले गरे ‘मनिषा कोइराला’लाई बिवेक साझा पार्टीमा आउन आग्रह

रवीन्द्र मिश्रले गरे ‘मनिषा कोइराला’लाई बिवेक साझा पार्टीमा आउन आग्रह

पोखरामा हालै सम्पन्न साहित्यिक महोत्सवमा साहित्यकार मात्रै थिएनन्, राजनीतिज्ञदेखि कलाकारसम्म थिए । जहाँ भेट भयो विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र अभिनेत्री मनिषा कोइरालाको ।

उनीहरु पहिलोपटक यसरी आमनेसामने भएका थिए । मिश्रले फेसबुकमा मनिषासँगको फोटो सेयर गर्दै भेटघाटको प्रसंग उल्लेख गरेका छन् । आफूले मनिषालाई वैकल्पिक पार्टीमा भूमिका निर्वाह गर्न आग्रह गरेको उनले बताए।

‘मनिषा जी, तपाईंमा राजनीतिक रगत छ, वैकल्पिक पार्टी निर्माणमा ठोस भूमिका निर्वाह गर्नुभयो भने त्यसको देशव्यापी असर कस्तो पर्ला एकपटक गम्भीरतापूर्वक विचार गरिदिनोस फेसबुकमा उनले लेखेका छन् ।

यसमा मनिषाले कस्तो जवाफ दिइन् भन्ने चाहिँ उनले बताएका छैनन् । हामीले उनीसँग यस विषयमा प्रश्न गर्दा पनि मिश्रले बताउन चाहेनन् ।

मिश्रले बैकल्पिक पार्टीमा भूमिका निर्वाह गर्ने विषयमा सोच्न गरेको आग्रहले भने उनी मनिषालाई आफ्नो पार्टीमा स्वागत गर्न इच्छुक छन् भनेर बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal