राजनीति

नेपाल-खनाल समूहको निमन्त्रणा ब्यानर सूर्य थापाले ‘च्याते’

नेपाल-खनाल समूहको निमन्त्रणा ब्यानर सूर्य थापाले ‘च्याते’

नेकपा एमालेको माधवकुमार नेपालले यही चैत ४ र ५ गते आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कडा आरोप लगाएका छन्।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम काम गरिरहेको आरोप छ । यसैक्रममा सामाजिक सञ्जालमा उनले नेपाल–खनालले भेलामा सहभागिताका लागि तयार पारेको निमन्त्रणा ब्यानरसमेत ‘च्या-तेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको फोटो शेयर गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको फोटो ।

उनले लेखेको स्टाटस

सहरमा “विधि र पद्धति”को रमिता कि गाई जात्रा ?

नेकपा (एमाले)को नाममा सानेपास्थित महँगो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएकाे कथित गुटगत भेला-

१. खासमा प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला, राम र रमिता हाे !
२. यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाई जात्रा पनि भन्न सकिन्छ ।

३. आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्त्वहरूको उक्साहट र षडयन्त्र हाे ।
४. यो केवल यसका नेतृत्वकर्ताहरूकाे कुण्ठा र द्वय प्रदर्शन मात्रै हो ।

५. पार्टीको सरकार पाँच वर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो ।

६. यो “विधि र पद्धति”को दुहाई दिँदै गत वैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दै आएकाे विभाजन न हो भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुनः प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक स्थगन गरी पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।

७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेको चार पटक निष्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो ।

८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धि विरूद्दकाे घात हो ।
९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गत्तेको निर्णायके अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघोषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो ।

१०. पार्टी पद्धति,मूल्य, मान्यता र विद्धानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल हाटलेमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरुपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशिका टाढो अवज्ञा हो ।

११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्ष विरूद्द जारी गरेको १९ पृष्ठ लामो पुरानो आराेप पत्रकाे नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुनः खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा सञ्चालन हुन नदिई अनुचित सम्झौताको बन्धक बनाउने कुतसित प्रयास हो ।

१२. सरकारले गरेका जनक्षय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिँजाउने र सिङ्गो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हो ।

१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसापानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो ।
१४. यो आमा जनता र कार्यकर्ताको आकाङ्क्षा र अभिमत विपरितकाे क्रियाकलाप हो। यस्तो कार्यमा कोही कसैले आफूलाई सामेल नगराई ।

१५. त्यसैले आउनुहाेस-
विभाजन र विखण्डनकारी तथा एकता विराेधी हर्कहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढौँ !
अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई परास्त गरौं !!

यो पनि – बादललाई संसदमा ल्याउन बिडारीलाई हटाउने ओलीको तयारी

प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग बदला लिन राष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई पदमुक्त गर्ने तयारी गरेका छन् । बिडारी प्रचण्डनिकट हुन् । प्रचण्डको प्रस्तावमा सरकारको सिफारिसमा बिडारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ७ गते कानुन विज्ञका रूपमा राष्ट्रियसभामा मनोनीत गरेकी थिइन् ।

धारा ८६ उपधारा २ (ख) मा सरकारको सिफारिसमा राष्ट्रपतिले कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।बिडारी, वामदेव गौतम र विमला राई पौडेल राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । सर्वोच्च अदालतले एमाले र माओवादी एकीकरण खारेज गर्दै दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माधव नेपाल समूह एमाले मै रहने निर्णयमा पुग्यो ।

तर, नेकपा विवादमा ओली कित्तामा उभिएका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत एमालेमै रहने भएका छन् । दल त्यागसम्बन्धी व्यवस्थाअनुसार उनीहरू माओवादीमा नफर्किए पार्टीको सिफारिसमा सांसद पद जान्छ । यदि माओवादीले बादलसहित नेतालाई सांसदबाट हटाए ओलीले बादललाई राष्ट्रियसभामा लैजाने बचन दिइसकेका छन् ।

बादललाई संसद्मा ल्याउन बिडारीलाई हटाउने अन्तिम तयारी भइरहेको बालुवाटार उच्च श्रोतले जनाएको छ । ओलीले आफूलाई अप्ठेरोमा बाँध थापेको भन्दै एमाले उपाध्यक्ष र राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य बनाउने तयारी गरेपछि बादलले पूर्वमाओवादीमा नफर्कने निर्णयमा पुगेका हुन् ।

सरकारकै सिफारिसमा नियुक्त भएकाले सरकारले फिर्ता गर्ने सिफारिस गर्ने बित्तिकै राष्ट्रपतिले बिडारीलाई पद मुक्त गर्न सक्ने भन्दै ओलीले बादललाई विश्वस्त बनाएका छन् । माओवादी केन्द्रले बादलसहितका नेतालाई सांसदबाट हटाएको एक/दुई दिनभित्रै बिडारीलाई हटाउने निर्णय गरिहाल्ने तयारी बालुवाटारको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७