मनोरञ्जन

पतिलाई खुशी पार्न प्रियंकाको ‘परी’ अवतार (फोटो फिचर)

पतिलाई खुशी पार्न प्रियंकाको ‘परी’ अवतार (फोटो फिचर)

बलिउड अभिनेत्री प्रियंका चोपडाको चर्चा संसारभर हुन्छ । उनका नयाँ फोटोशूटका एक से एक सुन्दर लूक्स सार्वजनिक गरेकी हुन्छिन् । उनी कहिले आफ्नो मेकअप, कहिले हेयर स्टाइल तथा कपडाका कारण चर्चामा आइरहन्छिन् ।

उनले ग्लामर लुकको कारण कहिले ट्रोलको शिकार हुन्छिन् त कहिले माया र साथ पनि पाउँने गरेकी छिन् । अहिले उनले शेयर गरेको रातो पहिरनमा देखिएको परी अवतारले फ्यानहरुलाई मोहित बनाइरहेको छ ।

उनले उनको नयाँ गीति एल्बम ‘स्पेसमैन’ को लागि उक्त्त पहिरन लगाएकी हुन् । ‘द स्काई इज पिंक’ मा गुलाबी अवतारमा प्रस्तुत भएकी उनी अहिले रातो पहिरनमा देखिएकी हुन् । उनले पति निक जोनसलाई खुशी पार्न यो पहिरन लगाएको पनि खुलाएकी छिन् । उनका यी तस्बिर अहिले भाइरल बनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७