धर्म/ संस्कृति

पशुपति परिसरमा रहेको वृद्धाश्रम सार्ने तयारी, ज्येष्ठ नागरिक चिन्तित

पशुपति परिसरमा रहेको वृद्धाश्रम सार्ने तयारी, ज्येष्ठ नागरिक चिन्तित

काठमाडौं, पुस १२ । सरकारले काठमाडौंको पशुपति परिसरमा रहेको वृद्धाश्रम जीर्ण बनेको भन्दै अन्यत्र सार्ने तयारी गरेको छ ।
संसदको विकास तथा प्रविधि समितिले पनि वृद्धाश्रमलाई नयाँ ठाउँमा सार्न सरकारलाई निर्देशन दिएको छ ।तर, यहाँ रहेका ज्येष्ठ नागरिकरुहरु भने सरकारी तयारीप्रति खुसी देखिँदैनन् ।

वि.सं. १९३८ सालमा पञ्चदेवलकारुपमा निर्मित यो भवन २०३४ सालदेखि वृद्धाश्रमको नाममा सन्चालनमा आएको हो ।२०७२ सालको महाभूकम्पले जीर्ण बनेको यो भवनका अधिकांश संरचनाहरुले अहिलेसम्म पनि मुहार फेर्न सकेका छैनन् । विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको यो भवनको जीर्णेद्दारभन्दा पनि अन्त सार्ने तयारी सरकारले गरेको छ ।

तर, यहाँ आश्रय लिएर बसेका अधिकांश ज्येष्ठ नागरिकहरु पशुपति मन्दिर र आर्यघाटनजिक भएका कारण अन्य ठाउँमा जान अनिच्छुक देखिएका छन् ।हुन त आश्रममा थुप्रै भौतिकपूर्वाधारको कमी छ । फेरि पनि पवित्र तीर्थस्थल भएकाले यो भूमि उनीहरुलाई प्यारो छ । सांसारिक जीवनमा बेसाहरा भएका उनीहरुको सहारा पशुपतिनाथ नै हुन् ।सरकारले आफूहरुलाई अन्यत्र सार्ने कुरा सुनेपछि अधिकांश वृद्धवृद्धामा चिन्ता छाएको छ ।थुप्रै अभाव र कस्ट झेल्दै आएका केही आश्रमवासी नयाँ ठाउँमा भवन सार्ने कुरालाई सकारात्मकरुपमा पनि लिएका छन् ।

कार्यालय प्रमुख मनोजकुमार बस्नेत भवन जीर्ण भएकैले बाध्य भएर सर्ने तयारी गरिरहेको तर्क गर्छन् ।वृद्धाश्रममा हाल १७० जना ज्येष्ठ नागरिकहरु रहेका छन् । कसैको आफ्नो परिवार छैन, कोही आफ्नै सन्तानबाट अपहेलित भएर आएका छन् ।उनीहरुको दिनचर्या दशकौंदेखि एउटै छ । जतिखेर खान दियो खाने अनि आराम गर्ने र कहिले–काहीँ सहयोग लिएर आएका व्यक्तिसँग रमाउने । त्यसो त आफ्ना सन्तानबाट बिछोडिनु पर्दाको पीडा नभएको होइन । उनीहरु भन्छन्–‘हामी त डाँडामाथिका जून । हामीलाई जे गरे नि ठीकै ।

प्रतिक्रिया दिनुहोस