समाचार

नातीसँग रमाउदै बावुराम भट्टराई (फोटो फिचर)

नातीसँग रमाउदै बावुराम भट्टराई (फोटो फिचर)

पोखरा- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाल जनता समाजवादी पार्टी (जसपा)मा आवद्ध छन्। १० बर्से जनयु-द्धको नेतृत्वकर्ता मध्येका एक भट्टराई विभिन्न पार्टी हुदै हाल मधेसकेन्द्रित राजनीति गर्ने दल जसपामा लागेका हुन।

पूर्वइन्जिनियर भट्टराई नेपाली राजनीतिमा बौद्धिक छवि बनाएका व्यक्तित्व हुन। राजनीतिको मूल प्रवाहमा सक्रिय रहेपनि निर्णायक भूमिकामा नरहेका भट्टराई पछिल्लो समय परिवारसँग भने धेरै समय बिताउँछन्।

बेलाबेला नेता भट्टराईले योगा तथा घरायसी काममा व्यस्त रहेको तस्विर सामाजिक सञ्जालमा सेयर गर्ने गर्छन। नेता भट्टराईकी एकमात्र छोरी मानुषी यमी भट्टराईले छोरा पाएपछि हाल उनी खुशी छन्। बाबुरामले आफ्ना ८ महिने नातिसँगका तस्विर सामाजिक सञ्जालमा सेयर गर्ने गरेका छन्।

पछिल्लो पोस्टमा उनले नाति आफूलाई मनको शान्ति दिने गजबको साथी भन्दै फोटो सेयर गरेका छन्। बाबुरामको सरलताको धेरैले प्रशंसा गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७