विचित्र संसार

कञ्चनपुरमा ‘अप-हरण’मा परेकाे नाटक गर्दै प्रेमीसँग मस्त १४ वर्षीया बालिका !

कञ्चनपुरमा ‘अप-हरण’मा परेकाे नाटक गर्दै प्रेमीसँग मस्त १४ वर्षीया बालिका !

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका- २ मोतिबस्तीमा शुक्रबार अज्ञात समूहद्वारा एक बालिकालाई अप ह रण गरी ब ला त्का र गरेको भन्ने खबर आयाे । तर उक्त अबर झुटो सावित भयो।

१४ वर्षीया बालिकाले साँझ डटपेन किन्न भनेर नजिकैको पसलमा जाने क्रममा अज्ञात समूहबाट आफू अप ह रणमा परेको भनेकी थिइन् तर प्रहरी समक्ष दिएको बयान भने उनले बदलेकी छिन् । सुक्ष्म अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले भन्नुभयो, ‘बालिकाले प्रहरी र परिवारलाई दिएको बयान शनिबार फेरेकी हुन् ।’

घटना केरकारका क्रममा उनले आफू कलम किन्ने निहुँमा साँझ घरबाट निस्केर प्रेमीसँग भेट्न गएको बताएकी छिन् । घर फर्किंदा अबेर भएको हुँदा घरमा मम्मीको डरले झु-टो बोलेको बयान गरिन् । उनले घर नजिकै सडक छेउको नालीमा बसेर प्रेमीसँग कुराकानी मात्रै गरेको बताएकी छिन् ।

स्वास्थ्य परीक्षण रिपोर्ट पश्चात थप विवरण खुल्ने प्रहरीले जनाएको छ । झुटको कहानी लामो भएको बताउँदै प्रहरी निरीक्षक बिष्टले बालिका यसअघि पनि उक्त प्रेमीसँग लुकी-छिपी भेट्ने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।

‘बालिकाले प्रहरी र घरपरिवारलाई झुक्याएकी रहिछन् । बालिकाका प्रेमीलाइ पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७