मनोरञ्जन

१४ बर्षपछि फिल्म क्षेत्रले संझिएको भन्दै भावूक भइन् विपना

१४ बर्षपछि फिल्म क्षेत्रले संझिएको भन्दै भावूक भइन् विपना

नेपाली चलचित्र क्षेत्रमा डेढ दशक अगाडि नायिका विपना थापाको क्रेज निकै लोभलाग्दो थियो । विपनाले ११ दर्जन फिल्ममा अभिनय गरिन् ।

रतीय मुलका व्यक्तिसँग विवाह गरेपछि नेपाली फिल्मसँग दूरी बनाएकी उनी नेपाल भने आइरहेकी हुन्छिन् । एक छोराकी आमा समेत भइसकेकी उनी यसै साता नेफ्टा फिल्म अवार्डमा सहभागी हुन नेपाल आएकी थिइन् ।

त्यो बेला दर्शकहरु विपनाको नाममा नै चलचित्र हेर्न हलसम्म पुग्थे । उनको क्रेज निकै उचाइमा थियो । उनै, विपना चलचित्र क्षेत्रबाट पछिल्लो एक दशकदेखि टाढा छिन् । बिहे गरेर भारतमा परिवारसँग बस्दै आएकी विपना शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा उपस्थित भइन् ।

शनिवार पाँचतारे होटल सोल्टीमा भएको अवार्ड कार्यक्रममा पुग्दा उनी नर्भस र भावुक भएकी थिइन् । १४ बर्षपछि नेपाली चलचित्रको कुनै कार्यक्रममा सहभागी हुन पाउँदा विपनाको आँखा आँशुले भरियो ।

अवार्ड समारोहमा उद्घोषक माल्भिका सुब्बाले वर्षौंपछि विपना थापासँग साक्षात्कार गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनको भनाई जान्न खोजिन् । तर, माइक समात्न नपाउँदै विपनाले आँशु थाम्न सकिनन् । उनी शब्दविहीन भइन् । १४ वर्षपछि अवार्ड कार्यक्रममा सहभागी भएर फिल्म इन्डस्ट्रीको परिवारसँग भेट्न पाउँदा आफूसँग खुसीको सीमा नरहेको बताइन् ।

उनले भनिन्–‘१४ बर्षपछि मलाई चलचित्र क्षेत्रले संझिएको छ । १४ बर्षसम्म मलाई कसैले पनि याद गरेन । कुनै बेलामा चलचित्रमा अभिनय गरेर दर्शकको माया पाएकी थिएँ । तर, आज मलाई चलचित्र क्षेत्रले संझदा निकै नै खुशी लागेको छ ।’ यसो भन्दै गर्दा विपनाका आँखा रसाए ।

विपनाले आँखा भरी आँशु पार्दै भनिन्– ‘ म नेपालमा नभएर पनि होला मलाई याद गरिएनँ । तर, मेरा प्राविधिकहरुले मलाई संझिएका छन् । आज आफ्नै घरमा आएको महशुश भएको छ ।’ यसो भनिरहदा उपस्थित धेरै भावुक बने । उनले अब आफू कमब्याकको तयारीमा रहेको बताएकी छन् । गत वर्ष केही फिल्ममा काम गर्ने सहमति भए पनि कोरोनाले रोकिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७