अर्थ

नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च

नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएपछि बचतमा ह्रास आएको हो।

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९/२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब नौ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो। ‘कमाइको ९१.१ प्रतिशत उपभोग खर्च भएको अध्ययनमा देखिएको छ,’ विभागका निर्देशक गणेशप्रसाद आचार्यले भने, ‘८.९ प्रतिशत मात्र बचत भएको देखिन्छ।’

विभागले आधार वर्ष २०१०/११ लाई मानेर गरेको अध्ययनमा यस्तो भेटिएको हो। नयाँ आधार वर्ष अनुसार सन् २०१८/१९ मा ८४.३ प्रतिशत उपभोग खर्च रहेकोमा २०१९/२० मा उपभोग खर्च ६.८ प्रतिशत बढेर ९१.१ प्रतिशत पुगेको नागरिक दैनिकमा समाचार छ ।

यो पनि – नागरिक लगानी कोषद्वारा आर्थिक सहयोग

नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । सो सहयोग रकमको चेक कोषका निमित्त कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा कट्टेलले कोषले प्रदान गरेको रकमले वद्ध–बृद्धाहरुलाई बुढेशकालमा आफुलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए । यो भन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा सहयोग पु-याउँदै आएको थियो । कार्यक्रममा कोषका तर्फबाट का.मु निर्देशक द्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृत बहादुर अधिकारी लगायतका पदाधिकारी सहभागी थिए ।

कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । कोषको ३१ औ वार्षिकोत्सव आगामी ४ चैतमा रहेको छ । आवास गृहमा आश्रित बृद्ध–बृद्धाहरुको आर्थिक जीवन यापनमा केही सहयोग पु¥याउने उद्देश्यले खाद्यान्न, लत्ता कपडा लगायतका दैनिक आवश्यक पर्ने सामान खरिदको लागि सो रकम प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७