अन्तर्राष्ट्रिय

विश्वविद्यालयमा सार्वजनिक रूपमै युवतीले युवकलाई प्रेम प्रस्ताव राखेपछि…

विश्वविद्यालयमा सार्वजनिक रूपमै युवतीले युवकलाई प्रेम प्रस्ताव राखेपछि…

पाकिस्तानको लाहौर विश्वविद्यालयबाट दुई विद्यार्थीलाई सार्वजनिक रुपमा प्रेम प्रस्ताव राखेको भन्दै निष्कासित गरिएको छ । विश्वविद्यालयमा पढ्ने एक युवतीले सबैको अगाडि युवकलाई फूल दिएको र उनलाई अँगालो हालेकी थिइन् ।

विश्वविद्यालयका थुप्रै विद्यार्थीको अघिल्तिर यस्तो भएको भन्दै विश्वविद्यालयले दुबैलाई निकालिदिएको हो । विश्वविद्यालयले उनीहरुलाई एक अनुशासन कमिटीले बोलाएको तर उनीहरु पेश नभएको जानकारी दिएको छ । उक्त बयानमा दुबैले विश्वविद्यालयको नियमको उल्लंघन गरेको बताइएको छ । यसका साथै उनीहरुलाई विश्वविद्यालयका सबै क्याम्पसमा प्रवेशमाथि रोक लगाइदिएको छ ।

बीबीसीले यी दुईसँग यसबारे कुरा गर्न सम्पर्क गरेको तर उनीहरुबाट यसबारे जवाफ नआएको बताएको छ । यद्यपि, दुबैले आफ्नो ट्वीटरमा एक–अर्कालाई मेन्सन गरेर आफूहरुले केही गलत नगरेको बताएका छन् ।

ट्वीटरमा यो घटनाको विषयमा विभिन्न प्रतिक्रिया आइरहेको छ । कतिले विश्वविद्यालयको तारिफ गरेको छ भने कतिले आलोचना पनि । वकिल जैनब मजारी हाजिरले लेखेका छन्, ‘यो देशमा विश्वविद्यालयमा यौ न हिं सा, गो प्य क्यामरा जस्ता घ टना सहन भइरहेको छ तर उनीहरुले कहाँ रेखा कोरेका छन्ः दुई व्यक्तिको सहमतिमा अँगालो हाल्दा ।’

पाकिस्तानमा पछिल्लो केही समयमा थुप्रै विश्वविद्यालयमा शिक्षक र कर्मचारीद्वारा विद्यार्थीमाथि दुष्कर्मका घटना सार्वजनिक भइरहेका छन् । सन् २०१७ मा बाचा विश्वविद्यालयका मशाल खानलाई भीडले ह त्या गरेको थियो । उनीमाथि ईश–निन्दाको आ रोप थियो । यसबाहेक राजनीतिक र धामिर्क संगठनबीच पनि थुप्रै हिंस्रक झडपको खबर थुप्रै विश्वविद्यालयबाट आइरहेका छन् ।

उप महाद्वीपमा विशेष रुपमा पाकिस्तान क्रिकेटसँग सम्बन्धित विषयमा कुरा गर्ने क्रिकेट विश्लेषक डेनिस फ्रिडम्यानले ट्वीटरमा आफ्नो नाम परिवर्तन गरेर डेनिस लाहौर विश्वविद्यालय राखेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘विश्वविद्यालय विवाहको ब्यूरो होइन, उनीहरुलाई आफ्नो काम गर्न देउ ।’ यसको जवाफमा डेनिस नामका प्रयोगकर्ताले लेखेका छन्, ‘सही हो । क्याम्पसमा खाना खाने अनुमति दिनु हुँदैन किनभने त्यो रेष्टुरेन्ट होइन ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७