धर्म/ संस्कृति

यो साता निकै फलिफाप छ यी ४ राशिको भाग्य

यो साता निकै फलिफाप छ यी ४ राशिको भाग्य

२०७७ साल चैत १ गते देखि ७ गतेसम्मको साप्ताहिक राशिफल

मेष:रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि दिगो काममा लगानी गर्ने अवसर जुट्न सक्छ। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। शुक्रवारदेखि व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ।

वृष: केही रकम खर्च गर्नुपरे पनि आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। पुरानो कर्जा चुक्ता गर्न सकिनेछ। मंगलवारदेखि खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। सोखले विलासी मालसामान जोड्न प्रेरित गर्नेछ।सप्ताहान्तमा रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट खानपानमा रमाउँदै दिगो तथा सुन्दर योजना बनाउने समय छ।

मिथुन: प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी सबल देखिए पनि खर्चकाे मात्रा बढ्नेछ। सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरू टाढिन सक्छन्। खर्च लागे पनि काम बन्न समय लाग्नेछ। विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

कर्कट: स्वास्थ्य सबल नहुनाले पनि काममा विलम्ब हुनेछ। विवादास्पद जिम्मेवारी आइलाग्नेछ भने अरूका लागि समय खर्च हुनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। काम देखाएर उपलब्धि हातपार्न सकिनेछ। सामाजिक कामका सन्दर्भमा विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।

सिंह: अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती देखिनेछन्। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। नयाँ जिम्मेवारीका लागि भने केही समय प्रतीक्षाा गर्नुपर्ला। बिहीवारदेखि रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ।मिहिनेतले अवसर दिलाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। पुरानाे समस्या सुल्झनेछ भने सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ।

कन्या: सोखले खर्च बढाउनेछ भने आतिथ्य पनि खर्चिलो हुने समय छ। मिहिनेत परे पनि चिताएको काम सम्पन्न हुनेछ। मंगलवार र बुधवार अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। थालेको काम बन्नाले आयस्रोत पनि सबल बन्नेछ।

तुला: कर्मयोगले फाइदा दिलाउनेछ। मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ, जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा मन रमाउनेछ। तर रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। काम बिग्रने भयले सताए पनि उपलब्धि प्राप्त हुनेछ। बिहीवारदेखि खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। सप्ताहान्तमा कामको बोझ बढ्नेछ, स्वास्थ्य कमजोर रहनेछ ।

वृश्चिक: अध्ययनमा समय दिन नसकिएला। व्यापारमा कममात्र फाइदा हुनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्।सहयोगीहरू जुटाउन निकै प्रयत्न गर्नुपरे पनि मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। बुद्धिको उपयोगले लक्ष्यप्राप्ति हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। खर्च लागे पनि विदेश ताक्नेहरूलाई यात्राको अवसर जुट्न सक्छ। सप्ताहान्तमा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला।

धनु: नजिकका साथीभाइ टाढिनाले आत्मबलमा कमी आउनेछ। तापनि मंगलवारदेखि स्थितिमा सुधार आउनाले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। केही समय लागे पनि प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि हट्नाले आँटेको काम बन्नेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। सप्ताहान्तमा व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।

मकर: मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। मंगलवारदेखि भने पारिवारिक समस्याले सताउन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला, बिहीवारदेखि फाइदा हुनेछ। प्रयत्न गर्दा पेसातर्फ राम्रो नतिजा हासिल गर्न सकिनेछ। कामको सिलसिलामा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुन सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

कुम्भ: कामको प्रभावले विशेष अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र मिहिनेत गर्दा लेखन कलामा पनि निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। सहयाेगीहरूले साथ दिने हुँदा नयाँ कामतर्फ आकर्षित भइनेछ। बिहीवारपछि पारिवारिक माहाेल अनुकूल नहुनाले काममा समेत बाधा पर्न सक्छ। प्रक्रिया नमिल्नाले पनि पहिलेकै काम दोहोर्याउनुपर्ला।

मीन: नयाँ काम थाल्न सकिनेछ र व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। नयाँ काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ भने आँटले काम बनाउन सकिनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। भौतिक साधनहरू जुटाउने समय छ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७