मनोरञ्जन

के ऐश्वर्याको सुन्दरता नक्कली हो ?

के ऐश्वर्याको सुन्दरता नक्कली हो ?

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय जति उमेर बढ्दै गयो उति नै सुन्दर देखिन्छिन् । अभिनेता अभिषेक बच्चनसँग विवाह गरेपछि उनी बलिउड उद्योगबाट टाढिइन् । कहिलेकाँही एक वा दुई फिल्म खेलेपनि उनी फिल्मबाट भने टाढा छिन् ।

बलिउड क्षेत्रमा हुने चर्चा र परिचर्चाका विषयहरुमा अभिनेत्रीहरुको व्यक्तिगत जीन्दगीको विषयमा पनि अनेकन् अफवाहहरु बाहिरिन्छन् । विश्व सुन्दरीको समेत ताज पहिरिएकी ऐश्वर्याको सुन्दरताको विषयमा विशेष रुपमा चर्चामा रहन्छ । तर, उक्त समयमा उनको सुन्दरताको विषयमा प्रश्न गरिएको थियो । उनको सुन्दरतालाई कृत्रिम बताइएको थियो ।

संसारकी सबैभन्दा सुन्दर अभिनेत्रीहरुको सूचीमा पर्न सफल ऐश्वर्यामाथि प्लास्टिक सर्जरी गरेको आरोप लागेको थियो । उनको नक्कली सुन्दरताका कारण उनले ताज जितेको आरोप लागेको थियो ।

उनले नाक, गाला, ओठ जस्ता अंगहरुको प्लाष्टिक सर्जरी गराएको बताइएको थियो । तर उनले यस्ता आरोपहरुको कुनै जवाफ नै दिइनन् । उनी कुनै पनि चर्चाको विषयमा उनले कुनै प्रतिक्रिया दिइनन् । र अन्नत त्यो बिषय यत्तिकै सेलाएर गयो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७