राजनीति

सत्ता साझेदारी हुँदैन, अहिले वार्ताको कुनै औचित्य छैनः सुदर्शन

सत्ता साझेदारी हुँदैन, अहिले वार्ताको कुनै औचित्य छैनः सुदर्शन

सत्ता साझेदारी हुँदैन, अहिले वार्ताको कुनै औचित्य छैनः सुदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बार्ताको औचित्य नभएको बताएका छन् । उनले वर्तमान सरकारले आफ्नो पार्टीलाई फसाउने षड्यन्त्रका साथ वार्ताको कुरा गरेको भन्दै अहिले वार्ताको औचित्य नभएको बताए । बिखण्डनका नारा लगाउने सिके रावतसँग मिसाएर वार्ताको कुरा गरेर सरकारले षड्यन्त्र गरेको दाबी गरे ।

१२६ औं माओ दिवसको अबसरमा पार्टीले आयोजना गरेको ‘नेपाली क्रान्तिको कार्यदिशा र माओवादको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सुदर्शनले भने, “सरकारले हामीलाई तराईको सिके राउतसँग मिस्याएर वार्ता गर्ने भनेको छ, त्यो गलत छ । सैद्धान्तिक रुपमा हामी वार्ता विरोध त होइनौं तर अहिले वार्ताको कुनै औचित्य छैन” सुदर्शनले भने । उनले सत्ताधारीहरु जब हार्ने अवस्थामा पुग्छन तब मात्र वार्ताको कुरा गर्ने गरेको बताए ।

“जनयुद्धको क्रममा ८० प्रतिशत भुगोलमा चलेको जनसत्ता, ४० हजार जनमुक्ति सेनाको विषय के हुन्छ ? १७ हजारको बलिदानी भएको छ, त्यसको मुल्य के हो ? यी सबै विषयहरुबारे अहिलेका सत्ताधारी धारणा के छ ? त्यसैमा वार्ता निर्भर हुन्छ” सुदर्शनले भने । पार्टीका महासचिव विप्लवले केही समय अगाडि एउटा प्रसंगमा कुरा गरेको सत्ता साझेदारीलाई नै आधार बनाएर वार्ताको षड्यन्त्र गरेको भन्दै सुदर्शनले त्यो सम्भव नभएको बताए ।

मध्य केन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका सुदर्शनले माओको योगदानको चर्चा गरेका थिए । उनले माक्र्सवाद र लेनिनवादको जगमा उभिएर माओले चीनमा आफ्नै विषयताको क्रान्ति गरेको बताए । माओलाई सम्झिनुको अर्थ मालेमावादलाई दरोसँग पकड्दै क्रान्तिकारी झण्डा उठाउनु भएको बताए । उनले चीनमा माओले जीवनभर प्रतिक्रान्तिकारीविरुद्ध संघर्ष गरेको बताउँदै त्यो हुन नसक्दा धेरै देशमा प्रतिक्रान्ति भएको बताए । माओको सिद्धान्तलाई मान्छौं भन्दै लालझण्डाविरुद्ध लालझन्डा बोक्नेहरुविरुद्ध पनि संघर्ष गर्नुपर्ने सुदर्शनले धारणा राखे ।

नेपाली जनता र दलाल पूँजिवादबीच अहिले मुख्य संघर्ष भएको बताउँदै नेता सुदर्शनले नेपाली नेताहरुले उद्योग धन्दा बेचर खाएको बताए । उनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले दलाली सुरु भएको बताए । भट्टराईले काठमाडौँ–हेटौडा जोड्ने रुपवेको तार काटेर दलाली सुरु गरेको बताउँदै अहिले सबै उद्योगहरु बेचिएका बताए ।

“नेपालमा खोलीएका उद्योगधन्दाहरु अहिले सबै सिद्धिएका छन् । छालाजुत्ता, कपडा कारखाना चुरोट कारखाना, धागो कारखाना, कागज कारखाना सबै बेचेर सकेका छन् । अब विनोद चौधरी, शेष घले, अजय सुमार्गीलगायतको हातमा पूँजी केन्द्रीत भएको छ । यी सबै दलाल हुन् यिनीहरुको हातमा देश छ । उनीहरुलाई संरक्षण केपी–प्रचण्डले गरेका छन्” सुदर्शनले भने । उनले आफ्नो पार्टीले दलालविरुद्धको संघर्षलाई अगाडि बढाएको बताए ।

एकिकृत जनक्रान्ति भनेका गाउँ र शहरलाई जोडेर लड्ने क्रान्ति भएको बताउँदै नेता सुदर्शनले भने, “एकिकृत जनक्रान्ति भनेको नेपाली क्रान्तिको मोेडेल हो । यसको उद्देश्य भनेको वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । नयाँ जनवादी क्रान्ति समाजवादी क्रान्तिकै अंग हो । समाजवाद भनेको नीजि सम्पत्तिको अन्त गर्ने पनि हो । निजी सम्पत्तिको अन्त्य गर्दै सामाजिक सम्पत्तिको स्थापना गर्ने हो ।” उनले समाजवादमा योग्यताअनुसार काम र आवश्यकता अनुसारको दाम हुने ब्यवस्था भएपनि अहिलेका सत्ताधारीले समाजवादको धज्जी उडाएको बताए ।

ऋषी कटेलले नेतृत्व गरेको नेकपामा सह–संयोजक लोकनारायण सुवेदीले माओ एउटा क्रान्तिकारी ब्यक्ति भएको क्रान्तिप्रति गद्दारी जहा भएको छ, त्यही विन्दुबाट क्रान्तिको शुरुवात गर्नुपर्ने बताए । राजनतन्त्र हट्दैमा सामान्तवाद नहटने भन्दै सुवेदीले सामन्तवादकै कारण आज देशको अवस्था यो अवस्थामा पुगेको बताए । सामान्तवादी आधारमा टेकेको दलाल पुजीवादीउपरिसंरचनमा टेकेर साम्राज्यवाद चर्को रुपले अहिले आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal