स्वास्थ्य

मिर्गौला ड्यामेजका ५ चरणः फेल हुनुअघि देखिन्छन् यस्ता संकेत

मिर्गौला ड्यामेजका ५ चरणः फेल हुनुअघि देखिन्छन् यस्ता संकेत

मिर्गौलाले शरीरको भित्री अंगमा भएको विषाक्त पदार्थहरु निस्कासन गर्न मद्दत गर्छ । मिर्गौलाले काम गर्न छोडेमा विषाक्त पदार्थहरुले शरीर भरिन्छ । जसकारण मिर्गौला फेल हुने सम्भावना बढ्छ ।

पिसाब कम आउनु, गोडा तथा कुर्कुचा सुन्निनु, सास फेर्न समस्या आउनु, थकाई महसुस हुनु, बान्ता हुनु, टाउको दुख्नु वा हृदयघा-तको लक्षण देखिनु मिर्गौला फेल हुनुका लक्षणहरु हुन् ।

मिर्गौला फेल हुनुका थुप्रै कारणहरु हुन्छन् । जस्तो कि कुनै गम्भीर रोगका कारण पिसाब कम लाग्ने, हृदयघा-त हुनु, मुटुरोग, कलेजो फेल हुने, प्रदुषण, औषधिको प्रयोग, क्रोनिक रोग, डिहाइड्रेशन, एलर्जी, गम्भीर इन्फेक्शन, उच्च रक्तचाप आदि मिर्गौला फेल हुने कारण हुन् ।

मिर्गौला फेल हुने ५ स्टेज

पहिलो स्टेजमा खासै विशेष लक्षण देखापर्दैनन् । रगतमा चिनीको मात्रा नियन्त्रण गरेर स्वस्थ जीवनशैली अपनाउने, सन्तुलित भोजन खाने, नियमित एक्सरसाइज गर्ने र तौल कम गर्ने जस्ता गतिविधिले पहिलो चरणको मिर्गौलाको समस्या कम हुन्छ ।

दोस्रो चरणमा मिर्गौलाका समस्याहरुका केही लक्षणहरु देखापर्ने गर्छन् । तर, यो चरणमा पिसाबमा प्रोटिन वा अन्य प्रकारका शारीरिक खराबी स्पष्ट देखिन्छन् । यो चरणमा पनि स्वस्थ जीवनशैली अपनाएमा समस्या बढ्न पाउँदैन । यो चरणमा लापरबाही गरियो भने मुटुसम्बन्धी रोग, इन्फ्लामेशन जस्ता समस्या आउँछ ।

मिर्गौलाको तेस्रो चरणमा हातगोडा सुन्निने, पिठ्युँमा दुखाई हुने, पिसाबको रगं परिवर्तन हुने जस्ता लक्षणहरु देखापर्छन् । यो चरणको बारेमा रगत परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यो चरणमा डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ ।

चौँथो चरणमा मिर्गौलाका बिरामीको अवस्था गम्भीर हुनजान्छ । यो चरणमा मिर्गौलाले ठिकसँग काम गर्न सक्दैन । यो स्थितीमा एनिमिया, उच्च रक्तचाप, हड्डीसम्बन्धी समस्या देखापर्छ । यो चरणमा भएका बिरामीले अस्पताल गएर उपचार गराउनुपर्छ ।

यो चरणमा मिर्गौलाले काम गर्न बन्द गर्छ । मिर्गौलाले गर्न कार्य प्रणालीमा नै असर देखिन थाल्छ । बान्ता हुने, सास फेर्न गाह्रो हुने, छालाहरु अत्यधिक चिलाउने जस्ता अनेकन् लक्षणहरु देखापर्छन् । यस स्थितीमा नियमित डायलिसिस र मिर्गौला परिवर्तन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७