स्वास्थ्य

सावधान ! यी ४ पोजिसनमा नसुत्नुस्, हुनसक्छ खतरा !

सावधान ! यी ४ पोजिसनमा नसुत्नुस्, हुनसक्छ खतरा !

हामी ४ पोजीसनमा सुत्ने गर्छौ । जुन हो एउटा दायाँ तर्फ, बायाँ तर्फ,सिँधा र उल्टो । हामी सबै यस्तै पोजीसनमा सुत्ने गछौँ । तपाईले देख्नुभएकै होला, जब हामी सुत्छौँ, सुत्दा सुत्दा डराउँछौँ। या कुनै अनौँठो सपना देखेर सुत्न सक्दैनौ ।

कैँयौ चोटी पोजीसन नमिल्दा बिरामी पनि बनाइदिन्छ। तपाईको सुत्ने पोजीसन गलत हुनुका कारण तपाई बिरामी हुनुभएको महशुस गर्नुहुन्छ। हामी केही पोजिसका बारेमा जानकारी दिदैछौँ।

– यदि तपाई खाना खाएपछि सुत्ने तरखरमा हुनुहुन्छ भने बायाँ तर्फमा मुख गरेर सुत्नुहोला । यसले तपाईको शरीरमा भएको खानालाई बिस्तारै पचाउँदछ । यसो गर्नाले तपाईको शरीरको तापमान सहि रहन्छ । किनकी शरीरको बायाँ तर्फमा पाचन तन्त्र हुन्छ र हृदय पनि शरीरको बायाँ तर्फमा नै हुन्छ ।

तर यदि तपाई यसको विपरीत दायाँ तर्फमा सुत्नुहुन्छ भने तब तपाईले खाएको खाना छिटै छिटै पाचन हुन थाल्छ । जुन स्वास्थ्यको लागी नोक्सानदायक हुन्छ ।

– हामीले सुत्ने समयमा सिरानी राखेर सिँधा सुत्नु हुँदैन । किनकी यसो गर्नाले मेरुदण्डको हड्डिमा ठुलो समस्या पर्न सक्छ ।
यदि तपाईलाई सिरानी राखेर सुत्नै पर्छ भने बायाँ तर्फ मुख फर्काएर सुत्नुहोला । यसो गर्नाले तपाईको मेरुदण्डको हड्डि सँधै सिधाँ रहन्छ ।

– कहिले पनि व्यक्ति पेटमा निर्भर भएर सुत्नुहुँदैन । यसो गर्नाले शरीरलाई सबैभन्दा बढी नोक्सान हुन्छ । र पेटमा निर्भर भएर सुत्नाले अर्थात् उल्टो सुत्नाले शरीरमा धेरै तौल बढ्दछ। जसले हृदय सम्बन्धि बिमारी हुने समस्या पनि सँधै बनिरहन्छ । यतीमात्रै होइन एक अनुसन्धानमा यो पनि भनिएको थियो कि सबैभन्दा खतरनाक पोजीसन पेटको बलमा सुत्नु अर्थात् वा उल्टो सुत्नु हो ।

– एक अनुसन्धानमा यो पत्ता लगाइएको थियो कि दुनियाभरमा करिब ७५ प्रतिशत मानिस घुँडा खुम्चाएर सुत्ने गर्दछन् । जसले घुडाँको जोइन्ट पोइन्टमा नराम्रो असर पर्दछ । यसरी सुत्नाले तपाईलाई थकाइ दुखाइ उत्पन्न हुनसक्छ । जसको घुँडा खुम्चाएर सुत्ने बानी हटेकै छैन, त्यस्ता व्यक्तिले दुबै घुँडाको बीचमा सिरानी राखेर सुत्नुहोला ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७