राजनीति

कुकुरको घाँटीमा लेखराज भट्टको ‘नेम प्लेट’

कुकुरको घाँटीमा लेखराज भट्टको ‘नेम प्लेट’

धनगढीमा कुकुरको घाँटीमा लेखराज भट्टको नेम प्लेट झु’न्ड्याइएको अवस्थामा भेटिएको छ। एमाले पार्टी कार्यालय कैलाली नजिकै उक्त दृश्य देखिएको हो। लेखराज भट्ट इन्चार्ज लेखिएको नेम प्लेट कुकुरको घाँटीमा झु’न्ड्याइएको छ ।सुदूरपश्चिम प्रदेश इञ्चार्जमा लेखराज भट्टको नाम राखेपछि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यकर्ताबीच कु’टाकु’ट भएको छ ।

कैलालीको धनगढीस्थित एमालेको पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा उपाध्यक्ष भीम रावलको नाम हटाएर भट्टको ‘नेम प्लेट’ राखेपछि दुई समूहका कार्यकर्ताबीच कु’टाकु’ट भएको हो ।नेता रावलले कैलाली घटनापछि पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरेर घटनाबारे जानकारी गराएका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रावलले उक्त घटनाबारे आफूले महासचिवलाई टेलिफोन गरेर जानकारी गराएको बताए ।‘महासचिवलाई टेलिफोन गरेर यो के हो भनेर जानकारी मागे । उहाँले अनविज्ञ प्रकट गर्नुभयो,’ उनले भने ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पनि सम्पर्क हुन नसकेको रावलको भनाइ छ ।‘उहाँसँग पनि कुरा गर्न खोजेको थिए । सम्पर्क हुन सकेन । सम्पर्क नभएकाले कुरा भएन ।उहाँ त अध्यक्ष हो,’ उनले भने । घटनाबारे पार्टीमा छलफल हुने, सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बस्ने र उचित ढंगले अगाडि बढ्ने रावलले बताए ।

रावलले धनगढीमा गु-ण्डागर्दी प्रवृत्ति देखिएको रावलले आरोप लगाए । ‘अहिले नै यस्तो चरित्र देखाइयो । पार्टी विधि प्रक्रिया विधिसम्मत ढंगबाट चलाउन चुनौती देख्छु । चटकपुरमा गु’ण्डागर्दी गरेर एमालेलाई समाप्त गर्छन् । ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७