मनोरञ्जन

‘डिम्पल गर्ल’ प्रिती जिन्टा: जसको बिहअघि यी ५ ब्यक्तीसँग प्रेम र रोमान्स् चल्यो

‘डिम्पल गर्ल’ प्रिती जिन्टा: जसको बिहअघि यी ५ ब्यक्तीसँग प्रेम र रोमान्स् चल्यो

बलिउडकी डिम्पल गर्ल प्रिती जिन्टाले विवाह गरेर आफ्नो घर बसाईसकेकी छिन्। प्रितीले जेन गुडइनफसंग विवाह गरेकी हुन्। प्रितीले केहि समय अगाडी फिल्म ‘भैयाजी सुपरहिट’ बाट कमब्याक समेत गरिन्। विवाह हुनुभन्दा अगाडी प्रितीको कयौं पुरुष र स्टारहरुसँग नाम जोडियो।

विवाह भन्दा अगाडी प्रितीको बिभिन्न ब्यक्तीसँग नाम जोडियो। उनका को को सँग चल्यो त अफेयर ?

मार्क रोबिनसन

चलचित्र क्षेत्रमा आउनु भन्दा अगाडी प्रितीको अफेयर अभिनेता मोडल मार्क रोबिनसनसँग थियो। चलचित्र क्षेत्रमा स्थापित हुन भन्दा अगाडी प्रितीलाई मोडलिंग प्रोजेक्टहरु दिलाएका थिए। सोहि क्रममा यी दुई नजिकिएका थिए। तर यी दुईको सम्बन्ध बारे हल्ला चल्दा-चल्दै ब्रेकअप भयो।

अभिषेक बच्चन

अभिषेक र प्रितीको अफेयर बारे चर्चा हुँदा धेरै अचम्मित भएका थिए। अनस्क्रिन मात्र नभई अफस्क्रिन पनि यी दुईको केमेस्ट्री त्यसताका राम्रै रह्यो। यी दुईको प्रेम बारे व्यपाक हल्ला हुँदा पनि स्वीकार भने गरेनन्। यी दुई बीच विवाह हुने हल्ला पनि चलेको थियो। तर त्यो हल्लामै सिमित भयो ।

ब्रेट ली

अस्ट्रेलियाका चर्चित क्रिकेटर ब्रेट लीसँग प्रितीको अफेयरले मिडियाहरुमा राम्रै ठाउँ पायो। यी दुईलाई धेरै पटक लुकी-छिपी भेटिरहेको भेटियो। ब्रेट लीको ईमानदारीताले आफूलाई आकर्षित गरेको भन्दै प्रितीले खुलेर मिडियामा पनि बताएकी थिइन्। तर यी दुईको सम्बन्ध पनि टिक्न सकेन।

युवराज सिंह

आईपीएल क्रिकेट टिम किंग्स एलिभेन पन्जाबकी मालिकको रुपमा रहेकी प्रितीको नाम युवराज सिंहसँग पनि जोडियो। युवराज सिंह पन्जाबमा हुँदा यी दुई नजिक भएका थिए। विभिन्न पटक यी दुईलाईसँगै पनि देखिएको थियो। तर यो पनि अफेयर पनि हल्लामै सिमित भयो ।

नेस वाडिया

ठूलै व्यापारीको रुपमा चिनिने नेस वाडियासँग प्रितीको सम्बन्ध सबै भन्दा चर्चित रह्यो। यी दुईले मिडियामै आफ्नो सम्बन्ध स्वीकारेका थिए। पाँच वर्षको प्रेम सम्बन्ध पछि यी दुई छुट्टिएका थिए। बताउने गरिन्छ की नेसले प्रितीलाई थ-प्पड हानेपछि सम्बन्ध बिग्रिएको थियो।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७