विचित्र संसार

दिनहुँ लाखौं रुपैयाँ उडाउँछिन् तर बैंकमा पैसा घटे रुन्छिन्

दिनहुँ लाखौं रुपैयाँ उडाउँछिन् तर बैंकमा पैसा घटे रुन्छिन्

पोखरा- मनिसका बिचित्रका सोख हुन्छन । यस्तै बिचित्रको सोख भएकी एक युवती अहिले भाइरल बनेकी छन । अमेरिकाको फ्लोरिडाकी एक युवती आफ्नो विचित्रको सोखका कारण सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् । २१ वर्षकी सेफरोन ड्रेविट बेर्लो नामकी यी युवतीलाई सपिङको यस्तो सोख छ कि उनी मिनेटमै लाखौं रुपैयाँ खर्च गर्छिन् ।

तर, आफ्नो बैंक खातामा रकम १ मिलियन डलरभन्दा कम भयो भने उनी धरधरि रुन्छिन् । द सनको रिपोर्टअनुसार सेफरोन बेलायतका पहिलो समलिं-गी पिताहरु बेरी र टोनी ड्रेविट बेर्लोकी छोरी हुन् । उनका पिताहरु अर्बपति छन् । बेरी र टोनी अहिले भने छुट्टइसकेका छन् ।

तर, पिताहरु अर्बपति भएका कारण सेफरोनले पानीझैं पैसा बगाउँदै आएकी छिन् । सेफरोनले डिजाइनर सामान र सौन्दर्यको लागि पैसा खर्च गर्छिन् । सेफरोनका अनुसार एक दिन त उनले एउटा पुन पार्टीमा ८५ हजार डलर खर्च गरेकी थिइन् । सेफरोनका अनुसार यो घटनाका कारण उनका पिता पनि रिसाएका थिए ।

सेफरोनलाई हुर्किंदै गर्दा हरेक महिना ५ हजार डलर दिइन्थ्यो । सेफरोनको पालनपोषण अन्य ४ दाजुभाइसँग भएको हो । उनका दाजुभाइले पनि यस्तै गरी पैसा पाउँथे । सेफरोनले क्रेडिट कार्डबाट पनि सपिङ गर्थिन् र उनको कार्डमा खर्चको कुनै सीमा निर्धारित थिएन । तर, ठूली भएपछि भने सेफरोनलाई परिवारको तर्फबाट मासिक खर्च दिन बन्द गरिएको छ । अहिले सेफरोनको आफ्नै ब्युटी कम्पनी छ जसबाट आम्दानी हुन्छ ।

हालै व्यवसायमा गिरावट आएपछि उनका पिताले उनलाई १५ मिलियन डलर दिएका थिए । पिताबाट अतिरिक्त पैसा पाएपछि सेफरोनले करिब १ लाख डलर सर्जरीमा खर्च गरिन् । आफ्नो बैंक ब्यालेन्सका विषयमा कुरा गर्दै उनले बैंकमा यति नै पैसा छ भनेर भन्न आफूलाई असहज लाग्ने बताइन् । उनका अनुसार उनको खातामा थुप्रै पैसा छ तर पैसा कम भयो भने उनी रु-न्छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७