मनोरञ्जन

सट फिल्म ‘टिकटक स्टार’ रिलिज (भिडियो)

सट फिल्म ‘टिकटक स्टार’ रिलिज (भिडियो)

पोखरा- कलाकार मनोज खड्का, अनुजा सिंहको मुख्य भूमिकामा रहेको सट मुभी ‘टिकटक स्टार’ रिलिज भएको छ । योगेन्द्र कार्कीले निर्देशन र मिराज अर्यालको लेखन/कथा रहेको उक्त सट मुभी रिमा स्टुडियो बबरमहलमा बुधवार एक कार्यक्रम आयोजना गरि रिलिज गरेको हो ।

जसको छायांकन, सम्पादक र भि.एफ.एक्स. मिराज अर्यालको रहेको छ भने गायिका टीका पुन, गायक अर्जुन सुनाम र सङ्गीतकार उदिराम खड्का अतिथी कलाकार रहेका छन । उक्त १७ मिनेट रहेको सट मुभी ‘टिकट स्टार’ टिकटबाट भाइरल भएको र संघर्षबाट भाइरल बिचको फरक देखाउन खोजिएको छ ।

पछिल्लो समयमा टिकटबाट भाइरल हुनेको संख्या धेरै छ। एउटा कलाकार बन्न बर्षौको मेहनत ,संर्घस, धैरेता चाहिन्छ भन्ने विषयलाई लिएर बनाईएको यस सट मुभी हो । सट मुभी बुधबार युटुबमा सार्वजनिक गरिएको निर्देशक योगेन्द्रले बताएका छन । उक्त मुभीमा मनोज खड्का, अनुजा सिंह, योगेन्द्र कार्की, नोना कार्की, शान्ति भट्ट, रायन आचार्य, गणेश भट्ट र आरोहि चौलागाईंको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७