मनोरञ्जन

यी हुन् पाकिस्तानमा तहल्का मच्चाइरहेका १० सुन्दर नायिका [तस्बिरसहित]

यी हुन् पाकिस्तानमा तहल्का मच्चाइरहेका १० सुन्दर नायिका [तस्बिरसहित]

एजेन्सी- पाकिस्तानमा फिल्म उद्योग खासै सफल नभए पनि उत्कृष्ट अभिनेता-अभिनेत्रीको कमी छैन। पाकिस्तान ड्रामा र टिभी सिरियलका लागि विख्यात छ।

त्यस्तै, पाकिस्तानी अभिनेत्रीहरू आफ्नो अभिनयसँगै सुन्दरताका लागि पनि परिचित छन्। यसैपनि पाकिस्तान सुन्दरीहरूको देश भनेर चिनिन्छ झनै नायिकाहरू सुन्दर नहुने त कुरै भएन ।

पाकिस्तानका १० सर्वाधिक सुन्दरी अभिनेत्रीबारे चर्चा गर्दैछाै ।

मावरा होकानी

मावरा होकानीले करियरको सुरूवात आफ्नी दिदी उर्वा होकानीसँग भिडियो जक्कीका रूपमा गरेकी थिइन्। त्यसपछि दिदी-बहिनीको सुन्दरता निर्देशकहरूको नजरमा पर्यो्। मावराले छोटो समयमै टेलिभिजन शृखंलाबाट चर्चा बटुलिन्। २७ वर्षीया मावराले भारतीय फिल्म ‘सनम तेरी कसम’मा लिड हिरोइनका रूपमा काम गरेकी छिन्।

सनम बलोच

३३ वर्षीया सनम आफ्नो नम्र बानीका कारण पनि परिचित छिन्। उनी भारत–पाक विभाजनमा आधारित ‘दासतान’ सिरियलबाट लोकप्रिय बनिन्। यसका अलावा उनी टेलिभिजन कार्यक्रम पनि चलाउँछिन्।

सबा कमर जमान

हाल पाकिस्तानकी चर्चित र सफल मोडलमा पर्छिन्। उनले थुप्रै फिल्ममा काम गरेकी छिन्। उनको अभिनय, सुन्दरता र मुस्कानको करोडौं फ्यान छन्। ३६ वर्षीया जमानले छोटो समयमै लोकप्रियता बटुलेकी हुन्। उनी पाकिस्तानमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन्।

माहिरा खान

फिल्म ‘रइश’मा शाहरूख खानसँग जोडी बाँधेकी माहिरा खानपनि पाकिस्तानकी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको कोटीमा छिन्। भिडियो जक्कीबाट करियर सुरू गरेकी मायरा ‘बोल’ नामक फिल्मबाट सर्वाधिक चर्चामा आइन्। उनको सुन्रताको पाकिस्तामा मात्र नभइ बालिउडमा पनि निकै चर्चा हुनेगर्छ ।

आएमन र मिनाल

आएमन र मिनाल जुम्ल्याहा दिदीबहिनी हुन्। २३ वर्षका उनीहरू पाकिस्तानमा चर्चित छन्। उनीहरू सुटिङका बेलामा आफ्नो भूमिका परिवर्तन गर्नका लागि माहिर मानिन्छन्।

आइजा खान

३० वर्षीया अभिनेत्री आइजाले एकपछि अर्को गर्दै टेली सिरियलमा राम्रो काम गरिन्। उनलाई टेली शृंखलाले नै चर्चाको शिखरमा पुर्याकएको हो। उनी थुप्रै उत्पादनकी ब्रान्ड एम्बेसेडर पनि हुन्।

आयशा खान

३८ वर्षकी आयशाको सुन्दरताबाट धेरै दर्शक मोहित छन्। उनले पाकिस्तानी सिरियल तथा फिल्ममा प्रस्सतै काम गरेकी छन्।

सोनिया हुसौन

सोनिया अभिनयका साथै टिभी कार्यक्रम सञ्चालन र मोडलिङमा जमेकी छिन्। उनी आफ्नो निर्दोष अनुहार र भर्सटाइल अभिनयका लागि परिचित छिन्। उनको सुन्दरताको पनि निकै चर्चा हुने गर्छ ।

साइरा युसुफ

साइराले विभिन्न टिभी सिरियलमा काम गरेकी छन्। पाकिस्तानि फिल्ममा पनि उनको राम्रो उपस्थिति छ। उनी साइरा सेहोरजका नामले पनि परिचित छिन्।

माया अलि

माया छोटो समयमै सफल अभिनेत्री र मोडलका रूपमा प्रसिद्ध भइन्। उनले ‘आन जारा’ टिभी सिरियलबाट ठूलो फ्यान फलोइङ् बटुलिन्। त्यसपछिका सिरियलले पनि उनको लोकप्रियतामा इँटा थप्ने काम गर्यो’। उनले भारतीय फिल्ममा काम गरिसकेका गायक-अभिनेता अलि जफरसँग फिल्ममा देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७