प्रवास

४० वर्षअघि हराएका नेपाली भारतको जेलमा

४० वर्षअघि हराएका नेपाली भारतको जेलमा

बीबीसी- नेपालको इलामका दीपक जोशी तिमिल्सिना विसं. २०३५ साल माघको महिनामा घरबाट निस्किएका थिए तर उनी कहिल्यै घर फिर्ता भएनन् ।

उनी हराएको ४० वर्षपछि उनको परिवारका सदस्यले उनलाई अघिल्लो महिना कोलकाताको दमदम केन्द्रीय कारागारमा देख्न पाए । उनका भाइ प्रकाश चन्द्र तिमिल्सिनाले कोलकाता गएर उनलाई भेट गरेका छन् । त्यतिबेला उनी आफ्नो गाउँमा नै सानोतिनो काम गर्दथे र ज्योतिष शास्त्रमा उनको रुची थियो । प्रकाश चन्द्र तिमिल्सिनाले बीबीसीसँगको टेलिफोन वार्तामा भने, ‘हामीले त दाइको मृत्यु भइसकेको होला भन्ने सोचेका थियौं । हामीले नेपालको हरेक ठाउँमा उनलाई खोजेका थियौं तर केही थाहा पाउन सकेका थिएनौं ।’

उनले थपे, ‘त्यतिबेला दार्जिलिङमा गोर्खाल्याण्डको आन्दोलन चलिरहेको थियो । हामीले सोचेका थियौं कि त्यहि आन्दोलनमापरी दाइको मृत्यु भएको होला । यत्तिका वर्षपछि दाइको खबर आउला भनेर हामीले सोचेका पनि थिएनौं ।’

उता दीपका जोशी तिमिल्सिना लगभग ४० वर्ष पश्चिम बंगालको विभिन्न जेलमा विचाराधीन कैदीको रुपमा रहिसकेका छन् । चार दशकमा पनि उनीविरुद्धको सुनुवाई पूरा हुन सकेको छैन । बुधबार उनको मुद्दामा कलकत्ता हाईकोर्टका मुख्य न्यायाधीशको डिभिजन बेन्चले सुनुवाई गर्यो । जोशाीको अर्को सुनुवाई आउँदो सोमबार हुनेछ ।

४० वर्षसम्म दीपक जोशीको जीवन रोकिएता पनि पछिल्ला केही महिनामा नाटकीय घटना भए । अघिल्लो वर्ष फेब्रुअरीमा नदीग्रामबाट राधेश्याम दास ट्रान्सफर भएर दमदम केन्द्रीय कारागार आए । उनलाई माओवादी संगठनसँग सम्बन्धित भएको आरोपमा १० वर्ष अघि पक्राउ गरिएको थियो । उनी सन् २०१६ मा पनि केही दिन दमदम जेलमा थिए ।

राधेश्याम दासले बीबीसीसँग भने, ‘अघिल्लो महिना फेब्रुअरीमा जब मलाई दमदम ल्याइयो तब पहिलादेखि नै परिचित दीपकजीसँग पुनः भेट भयो । जेलमा जो मान-सिक रुपमा अस्वस्थ हुन्छन्, उनीहरुसँग म स्वेच्छाले परिचय गर्छु । त्यसै गरी दीपकसँग पनि परिचय भयो । कुरै कुरामा थाहा भयो कि उनी पछिल्लो ४० वर्षदेखि जेलमा छन् तर उनको मुद्दामा कुनै सुनुवाई भएको छैन ।’

जेलबाट जमानतमा छुटेपटि दासले पश्चिम बंगालको एमेच्योर रेडियो क्लबसँग सम्पर्क गरे । यो रेडियो सञ्चालकका एउटा संगठन हो । रेडियो क्लबका सचिव अम्बरीश नाग विश्वासले भने, ‘राधेश्याम दासले एक व्यक्ति सुनुवाई बिना नै ४० वर्ष जेलमा छन् भन्ने थाहा पाउँदा म चकित भएँ । हामीले जेल कार्यालयसँग सम्पर्क गर्यौं । उनीहरुले सुरुमा त विश्वास गरेनन् । तर पछि अनुसन्धान गर्दा उनीहरुलाई पनि थाहा भयो कि दीपक जोशी तिमिल्सिना नामका एक कैदी सन् १९८१ देखि जेलमा बन्द छन् र अहिलेसम्म उनको सुनुवाई भएको छैन ।’

अम्बरीश नाग विश्वास र उनका क्लबका केही मानिसहरुले दीपक जोशीसँग भेट्ने अनुमति मागे । तर परिवारको सदस्य नभएका कारण हिरक सिन्हाले मात्रै जोशीलाई भेट्ने अनुमति पाए किनभने उनी कलकत्ता हाइकोर्टका वकिल हुन् ।

हिरक सिन्हाले भने, ‘मलाई पहिला नै शंका भएको थियो कि दीपक जोशी कतै मा-नसिक रुपमा अस्वस्थ त छैनन् । किनभने हामीले विभिन्न अदालतबाट जतिपनि कागजात जुटाएका थियौं, त्यसमा त्यहि संकेत दिइएको थियो । तर उनीसँग कुरा गरेपछि मलाई कहिल्यै लागेन कि उनी मान-सिक रुपमा अस्वस्थ छन् ।

तर उनी निश्चित रुपमा सदमामा भने थिए । मलाई नेपाली भाषा राम्रोसँग आउँदैन तर केही बुझ्छु । यहि आधारमा मैले उनीसँग कुराकानी गरिरहेको थिएँ । कुराकानीकै बीच उनले कागज कलम मागेर केही शब्द लेखे । देवनागरीमा लेखिएका ती शब्द आधा अधुरा लागेपनि वास्तवमा त्यो नै उनको परिचय थियो । एउटा गाउँको नाम, आमा बुवाको नाम, स्कूलको नाम ।’

जोशीसँग सम्बन्धित जुटाइएका कागजातमार्फत् थाहा भयो कि उनलाई सन् १९८१ मा दार्जिलिङबाट ह त्याको मामिलामा प क्राउ गरिएको थियो ।

अम्बरीश नाग विश्वासले भने, ‘नेपालबाट आएर दार्जिलिङको कुनै चिया बगानमा उनले काम गरेका थिए । कुनै व्यक्तिले उनलाई जागिर दिलाउने कुरा गरेका थिए र त्यसको बदलामा उनलाई एक व्यक्तिको ह त्या गर्न भनिएको थियो । उनैको कुरामा आएर दीपकले एक व्यक्तिको ह त्या गर्छन् । पक्राउ पनि पर्छन् । त्यसबेला देखि नै उनी जेलमा बन्द छन् ।’

पक्राउ परिसकेपछि पनि उनलाई कहिल्यै पनि अदालतमा पेश गरिएन । कहिले बहरमपुर जेल, कहिले अलीपुर जेल, कहिले म-नोरोग चिकित्सालय – यसै गरी चार दशक बित्यो ।

अदालतले बारम्बार दीपक जोशीको मा-नसिक स्वास्थ्यको आदेश दिएको थियो । तर त्यो रिपोर्ट कहिल्यै अदालतमा पेश गरिएन ।

अम्बरीश भन्छन्, ‘नेपालमा २०७२ को महाभूकम्पश्चात् त्यहाँ काम गर्न जाँदा मेरो स्थानीय ह्याम अपरेटरसँग परिचय भएको थियो । तीमध्ये एक थिए नेपालका सर्वोच्च अदालतका वकिल सतिश खरेल । मैले रेडियोमा नेवालका यी दुई ह्याम अपरेटरलाई सन्देश दिएँ – नाइन नोभेम्बर वन अल्फा अल्फा र नाइन नोभेम्बर वन चार्ली अल्फा । पहिलो खरेलको कल साइन थियो र दोस्रो अरुण नामका एक ह्याम अपरेटको थियो । उनीहरुलाई मैले सबै कुरा बताएँ । त्यसपछि उनीहरुले दीपक जोशीले लेखेको स्थानको नामको आधारमा खोजीकार्य सुरु गरे । ’

उनका अनुसार जोशी इलाम जिल्लाको चुलाचुली गाउँको एउटा स्कूलमा पढाउँथे । उक्त गाउँमा गएर थाहा भयो कि भूकम्पमा स्कूल ध्वस्त भएको छ । त्यहाँ स्थानीय मानिसहरुले ह्याम अपरेटरले कसबारे जानकारी लिन चाहन्छन् भनेर जान्न चाहे ।

वकिल रिहक सिन्हाले बताए, ‘दीपकको नाम लिने बित्तिकै उनीहरुले उनको मृत्यु भइसकेको बताए । तर उनका एक भाइले त्यहि विद्यालयमा पढाउँथे । तर स्कूल अन्तै सारियो । त्यहाँ गएर प्रकाश चन्द्र तिमिल्सिना भेटिए । उनका दाइ जिउँदो छन्, त्यो सुनेर पनि उनी पनि चकित खाए । त्यसपछि उनीहरुले दीपककी आमा भएठाउँ लिएर गए । ’

अम्बरीश नाग विश्वास भन्छन्, ‘नेपालको ह्याम रेडियोका आफ्ना साथीमार्फत् हामीले सुन्यौं । जब आमा धनमाया तिमिल्सिनालाई उनका छोराबारे सोधियो तब लगभग ९० वर्षकी ती वृद्धाले आकाशतर्फ हरेर दीपक पंक्षी भइसकेको बताइन् । उनले घरभित्र लगिन् र देवताको चित्र सँगै एउटा धमिलो तस्बिर देखाइन् – त्यो दीपक जोशीको थियो ।’

यसैबीच यो कुरा कलकत्ता उच्च अदालताई थाहा भयो कि स्वतः संज्ञान लिँदै अदालतमा एउटा जनहितको मामिला दर्ता गरेको छ । मुख्य न्यायाधीशको डिभिजन बेन्चले नेपालको वाणिज्य दूतावासले पनि यो मामिलामा सहयोग गर्ने निर्देशन दियो ।

जनहितको यो मामिलामा लिगल एड सर्भिसको प्रतिनिधित्व वकिल जयन्त नारायण चटर्जीले गरिरहेका छन् ।

चटर्जीले भने, ‘४० वर्षसम्म एक व्यक्तिको मामिलाको सुनुवाई भएको छैन । यो कसरी सम्भव छ । कसको गल्ती हो । यो बुझन् सकेको छैन । यस्तो लाग्छ कि यो मामिला बिस्तारै दबियो । यो मानवाधिकारको घोर उल्लंघन हो । सुनुवाई भएको भए सजायँ हुन्थ्यो, तर यी निर्दोष पनि हुन सक्थे । तर यसको साटो उनले एक विदेशी जेलमा ४० वर्ष काट्नु पर्यो । ’

दीपक जोशीका भाइ प्रकाश चन्द्र आफ्ना दाइलाई भेट्न नेपालबाट कोलकाता गएका थिए ।

प्रकाश चन्द्र तिमल्सिनाले भने, ‘कोलकाता जानु अघि आमाले दाइको फोटो खिच्न भन्नुभएको थियो । तर जेलको नियम अनुसार हामीलाई फोटो खिच्न दिइएन । ४० वर्षपछि दाइलाई देखेर कस्तो अनुभूति भइरहेको छ, त्यो भावना शब्दमा वर्णन गर्न सक्दिनँ ।’

फोन राख्नुअघि उनले सोधे, ‘दाइ रिहा त हुनुहुन्छ नि ? फर्कन त सक्नुहुन्छ नि चार दशकअघि छोडेर गएको गाउँमा, आफ्नी आमा भएको ठाउँमा, आफ्नो परिवार भएको ठाउँमा ।’

दीपक जोशीकी आमासँग भाइ प्रकाश

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७