धर्म/ संस्कृति

आज महाशिवरात्रिः यी ४ राशिको लागि असाध्यै शुभ छ दिन

आज महाशिवरात्रिः यी ४ राशिको लागि असाध्यै शुभ छ दिन

आज महाशिवरात्रि, फागुन २७ गते बिहिबार २०७७ को राशिफल

मेष – आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला ।

बृष – शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभकाममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु उचित होला । आफन्तको सहयोग मिल्नेछ ।

मिथुन – मिठो भोजन खान पाउनु हुनेछ । आरोग्यतामा वृद्धि होला । कर्मपथमा सफलता प्राप्त होला । इष्टमित्र सन्तति बढ्लान् । धन सम्पत्ति र कार्यव्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसंगै सुखमा वृद्धि हुनेछ, तथापि धैर्य र विवेकले काम गर्नु बेस होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – विलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्ला ।विकासको नयाँ सम्भावना देखा परेर आशा उत्साह बढ्नेछ, तर लापर्वाही नगरी काम गर्नुहोला ।विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।

सिंह – मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुख–सुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ ।

कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेम पात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ ।

तुला – सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।

वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिममा नपर्नु उचित होला ।आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

धनु –आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथिभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । पराक्रम वृद्धि होला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला ।

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ । मित मिलन हुनेछ ।

मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनु हुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति-पदोन्नति हुनेछ । राजकाज बन्नेछ। पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७