फोटो फिचर

झन-झन खुल्दै अदिती, हेराैँ ११ तस्बिर

झन-झन खुल्दै अदिती, हेराैँ ११ तस्बिर

पोखरा- नेपाली चलचित्र ‘कृ’बाट डेब्यु गरेकी अभिनेत्री हुन् अदिती बुढाथाेकी । लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपाली सिनेजगतमा अदिती बुढाथोकीको चर्चा निकै चुलिएकाे हाे ।

उनकाे जन्म झापाको दमकमा भएकाे थियाे र उनी फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी हुन् । उनले केही नेपाली र भारतीय म्यूजिक भिडियोमा काम गरेपछि उनलाई ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमा डेब्यू गराएका थिए। त्यसपछि उनको ग्ल्यमार दुनियाँमा चर्चा हुन थाल्यो ।

५ फिट ५ इन्च उचाइ रहेकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी मानिन्छिन् । ‘कृ’ मा काम गरेपछि केही नेपाली र पन्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी अदितीको कभरेज भारतका चर्चित मिडियाहरुले पनि बेला बेलामा गर्ने गरेका छन् ।

उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै भारतीय मिडियाले सामाग्रीहरु प्रकाशित गरेको बिषयले निकै चर्चा पाएको थियो । उनै अदिती समाजिक संजालमा निकै खुल्ने गरेकी छन् । उनि तस्बिरमा निकै सुन्दर र हट रूपमा प्रस्तुत हुने गर्छिन् । उनका निकै बोल्ड अन्दाजका तस्बिर प्राय सामाजिक संजालमा भाइरल भइरहन्छन् ।

उनी सामाजिक संजालमा निकै सक्रिय हुन्छिन् जहाँ उनले लगतार जसो नयाँ नयाँ पोजका तस्बिर शेयर गरिरहन्छन् । उनले हालैपनि निकै नै बोल्ड बनेर सजिएकातस्बिर शेयर गरेकी छन् जहाँ उनि निकै सुन्दर देखिएकी छन । उनी पछिल्लो समय मुम्बइमा बसेर संघर्ष गरिरहेकी छिन् । केहि म्युजिक भिडियोमा देखिएपनि सोचेजस्तो सफलता भने पाएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७