खेलकुद

पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा सरु लिम्बुको १० गोल

पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा सरु लिम्बुको १० गोल

२५ फागुन, पोखरा- पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाली महिला फुटबल खेलाडीहरुले गोलको वर्षा गरेका छन् । नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले च्याम्पियनसिपमा सियालकोट सिटीलाई १९-० को फराकिलो अन्तरमा पराजित गरेको हो ।

जसमा नेपालका खेलाडीले मात्रै १७ गोल गरे । नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा खेलेको मासा युनाइटेडका लागि सरु लिम्बु एक्लैले १० गोल गरिन् । सरु गत फागुनमा सम्पन्न राष्ट्रिय महिला लिगको उत्कृष्ट खेलाडी हुन् । यस्तै अनिता केसीले ६ गोल गरिन् भने डिफेन्डर गीता रानाले एक गोल गरिन् । पहिलो हाफमा ९ गोल गरेको मासाले दोस्रो हाफमा १० गोल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७