Breaking

त्रिशूलीमा खस्यो सिमेन्ट बोकेको ट्रकः चालक र सहचालकको मृत्यु

त्रिशूलीमा खस्यो सिमेन्ट बोकेको ट्रकः चालक र सहचालकको मृत्यु

बेनिघाट रोराङ गाउँपालिका-१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गमा मंगलबार बिहान पौने १ बजे त्रिशूली नदीमा ट्रक खसेको थियो। इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार रूपन्देहीबाट काठमाडौं सिमेन्ट बोकेको ट्रक नदीमा खसेको हो।

ट्रक खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इन्स्पेक्टर पाण्डेले बताए। उनीहरूको ट्रककै क्याबिनमा थि-चिएर मृत्यु भएको हो।

क्याबिनमा च्यापिएका उनीहरूको शव प्रहरीले तीन घण्टा लगाएर निकालेको थियो। पोस्ट-मार्टमको लागि दुबैको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ। घटनाकसरी भएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७