मनोरञ्जन

पूजाले वर्षालाई ‘ल यार, मेरो छोरालाई केयर गर’ भनेपछि….

पूजाले वर्षालाई ‘ल यार, मेरो छोरालाई केयर गर’ भनेपछि….

पोखरा- अभिनेत्री पूजा शर्मा यतिबेला दुबई छिन्। पूजाले हवाईजहाजमा बसेको फेसबुकमा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘दुबईले बोलाइरहेको छ।’ उनीसँगै अभिनेता आकाश श्रेष्ठ पनि गएका छन्। सामाजिक सञ्जालमा उनीहरू बुर्ज खलिफादेखि दुबईको विभिन्न ठाउँ घुमेको फोटो सेयर गरेका छन्।

यतिबेलै अभिनेत्री वर्षा सिवाकोटी पनि फिल्म छायांकनका लागि पूजाभन्दा एक दिनअघि मात्रै दुबई पुगेकी थिइन्। पूजा र वर्षाले एक अर्कालाई भेेटेर रमाइलो गरेको फोटा सेयर गरेका छन्।

उता, अभिनेत्री वर्षा राउतले भने इन्स्टाग्राम स्टोरीमा पूजाको कुकुर रनसँग खेल्दै गरेको भिडिओ सेयर गरेकी छन्। उनले भिडिओमा पूजालाई मेन्सन गर्दै लेखेकी छन्, ‘तिम्रो रन त मेरो भयो।’

ठट्टा गर्दै पूजाले पनि वर्षालाई जवाफ फर्काएकी छन्। उनले स्टोरी रि-सेयर गर्दै लेखेकी छन्, ‘ल यार, मेरो छोरालाई केयर गर। आएर कति हुन्छ हिसाब गरम्ला।’ यो रमाइलो बिषयले समाजिक संजालमा चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७