अर्थ

आज घट्यो सुनको मूल्य, भयो फाल्गुन महिनाकै सस्तो

आज घट्यो सुनको मूल्य, भयो फाल्गुन महिनाकै सस्तो

पोखरा – आज सुनको मूल्य यो महिनाकै सस्तो भएको छ । आज सुनको भाउ ६ सय रुपैयाँले घटेको हो । साताको तेस्रो दिन मंगलबार सुनको भाउ फेरि ओरालो लागेको हो । यो साता दुई दिन उकालो लागेको सुनको भाउ आज तोलामा ६०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदि महासंघका अनुसार यो गिरावटसँगै आज प्रतितोला छापावाला सुन ८५ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८५ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो। सोमबार प्रतितोला फाइन गोल्ड ८६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

गत आइतबार भने तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड ८६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ स्थिर रहँदै १ हजार २६५ रुपैयाँ कायम भएको छ।

यो पनि – रघुजी पन्तविरुद्ध मु-द्दा दायर गर्न कोमल वली अदालत

राष्ट्रिय सभाकी सांसद कोमल वलीले आज एमाले नेता रघुजी पन्तविरुद्ध मु-द्दा दायर गर्ने भएकी छन् । पन्तले आफूविरुद्ध सार्वजिनकस्थलमा अ श्लिल शब्द प्रयोग गरी चरित्रमाथि नै प्रश्न उठाएको आरोप लगाउँदै उनले मुद्दा दायर गर्न जिल्ला अदालत काठमान्डौ पुगेकी छन् ।

उनि अहिले बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा पन्तविरुद्धको मु-द्दा दायर गर्नपुगेकी छन ।अघिल्लो शनिबार राजधानीमा आयोजित नेकपाको एउटा कार्यक्रममा नेता पन्तले साडी माथि उचाल्दै गोरा पिँडुला देखाएर पोइल जान पाम भन्ने गीत गाएको भरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभाको सांसद बनाएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७