मनोरञ्जन

बलिउडका ७ चर्चित चुम्बनः विवादित बनेका थिए यी अभिनेत्री

बलिउडका ७ चर्चित चुम्बनः विवादित बनेका थिए यी अभिनेत्री

एजेन्सी – बलिउड उद्योगको चर्चा संसारभर हुनेगर्छ । खास गरेर नायिकाहरूको चर्चा बढी हुनेगर्छ । कहिलेकाँही बलिउडका अभिनेत्रीमाथि सार्वजनिक स्थलमा विभिन्न क्रियाकलाप हुने गर्छन् जसको कारण उनीहरु निकै विवादमा तानिन्छन् ।ती सेलिब्रेटीका केही क्रियाकलाप क्यामेरामा रेकर्ड भएपछि त झन त्यो बिषय भाइरल नै बनिदिन्छ ।

सन् २००७ मा हलिउड अभिनेता रिचर्ड जयपुरमा एक कार्यक्रमका लागि आएका थिए । उक्त कार्यक्रममा शिल्पा शेट्टी पनि उपस्थित थिइन् । यी दुवै जब स्टेजमा गए । रिचर्डले शिल्पालाई चुम्बन गरे तर उनले शिल्पालाई जब-रजस्ती उनको घाँटीतिर पनि चु-म्बन गरे । उक्त भिडियो निकै भाइरल भयो । त्यो बेला शिल्पाको पुत्ला पनि ज-लाइएको थियो ।

शिल्पा शेट्टीसँग जोडिएको अर्को विवादित चुम्बनको दृश्य थियो एक साधुसँगको । साधुले शिल्पालाई सार्वजनिक स्थलमा नै चु-म्बन गरे । जुन तस्बिरको पनि निकै आ-लोचना भएको थियो ।

दीपिका पादुकोण पनि यस्तो विवादमा तानिएकी थिइन् । आईपीएल म्याचको समयमा विजय माल्याका छोरा सिद्धार्थ माल्याले दीपिकालाई चु-म्बन गरे । यो दृश्य क्यामेरामा कैद भयो । जुन तस्बिर पनि निकै चर्चामा रह्यो ।

मिका सिंहको जन्मदिनको पार्टीमा उनले राखी सावन्तलाई जबरजस्ती चु-म्बन गरे । मिकाले चु-म्बन गरेको दृश्य पनि भाइरल भयो । भारतमा भएको फुटबल खेलमा चर्चित फुटबलर रोनाल्डोले खुलेआम बिपाशा बसुलाई चु-म्बन गरेको दृश्य पनि निकै चर्चामा आयो ।

चु-म्बनको दृश्यका कारण चर्चित अभिनेत्री रेखा पनि चर्चामा आइन् । उनले एउटा सार्वजनिक कार्यक्रममा ऋतिक रोशनलाई चु-म्बन गरेको दृश्य पनि निकै भाइरल भएको थियो । त्यस्तै निर्देशक महेश भट्ट र उनकी छोरी पुजा भट्टको चुम्बनले पनि निकै चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७