Uncategorized

श्रीमान‍्लाई बोकेर यसरी दौडिए श्रीमती

श्रीमान‍्लाई बोकेर यसरी दौडिए श्रीमती

नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गरिएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गरिएको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना भएको थियो ।

गाउपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।

महिला समाजका हरेक पक्षमा सबल रहेको देखाउनुको लागि यस प्रकारको प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

सुवास श्रेष्ठ/रातोपाटी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७