मनोरञ्जन

भारतीय जनता पार्टीमा प्रवेश गरे मिथुन चक्रवर्ती

भारतीय जनता पार्टीमा प्रवेश गरे मिथुन चक्रवर्ती

बलिउड नायक मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । कोलकत्तामा आइतबार आयोजना भएको र्यालीमा सहभागी हुँदै मिथुनले आफू औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेको उद्घोष गरेका हुन् ।

उनी, यसअघि राज्य सभाको सदस्य समेत भैसकेका छन् । उनलाई बीजेपीका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । मिथुन पार्टीमा आउनु ऐतिहासिक भएको नेताहरुको प्रतिक्रिया थियो ।

वीजेपी पार्टीमा प्रवेश गरेपछि उपस्थित जनतालाई सम्बोधन गर्दै मिथुनले भने–‘मेरा केही सपना पुरा गर्नका लागि मलाई बीजेपीले स्थान दिएको छ । यसका लागि निकै नै खुशी छु ।’ मिथुनले आफू बंगाली भएकोमा गर्व लाग्ने बताउँदै गरिबहरुको सेवाका लागि काम गर्ने आफ्नो सपना अब पुरा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७