समाचार

‘धेरै ठूलो सपना र आशा बोकेको छैन’ भन्दै अस्ताए सञ्चारकर्मी धर्मेन्द्र

‘धेरै ठूलो सपना र आशा बोकेको छैन’ भन्दै अस्ताए सञ्चारकर्मी धर्मेन्द्र

धादिङको रेडियो विहानीमा कार्यरत सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले आ त्म ह त्या गरेका छन् । रेडियो विहानीबाट सञ्चालन हुने रेडियो कार्यक्रम चौबन्दीका प्रस्तोता तथा विभिन्न युटुव च्यानलमा कार्यरत श्रेष्ठ आइतबार आफ्नै कोठामा झु ण्डि एको अवस्थामा फेला परेका हुन् ।

पुछारबजारस्थित आफू बसेकै कोठामा धमेन्द्रले सिलिङ फ्यानमा पासो लगाएर आ त्मह त्या गरेको प्रारम्भिक खुलाशा भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार उनको श वको पो स्ट मार्टम रिपोर्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । उनले देह-त्याग गर्नुअगाडी फेसबुकमा आफ्नो फोटो शेयर गर्दै लेखेका छन्,’सुहाउँदो खालको जिन्दगी भए हुन्छ,धेरै ठूलो सपनाहरू र आशा बोकेको छैन मैले ।’ त्यस्तै उनले मार्च ३ मा ‘जिवनमा सबैभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो ।’ भन्दै स्टाटस लेखेका थिए ।

मृतक: धर्मेन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७