अन्तर्राष्ट्रिय

१८ घण्टामा साढे २५ किलोमिटर सडक निर्माण गरेर रेकर्ड

१८ घण्टामा साढे २५ किलोमिटर सडक निर्माण गरेर रेकर्ड

एजेन्सी – भारतमा जम्मा १८ घण्टामा २५ किलोमिटर पिच सडक निर्माण गरिएको छ। कर्नाटक राज्यमा भिजयपुरादेखि सोलापुरको राष्ट्रिय राजमार्गमा १८ घण्टामा साढे २५ किलोमिटर सडक निर्माण गरिएर रेकर्ड कायम गरिएको हो ।

भारतको राष्ट्रिय राजमार्ग प्राधिकरण एनएचएआईका अनुसार चार लेनको सडकको एक लेनको २५ किलोमिटर १८ घण्टामा निर्माण सम्पन्न भएको जनाइएको छ। भारतको केन्द्रीय यातायात मन्त्री नितिन गड्कारीका अनुसार भारतमा पहिलोपटक १८ घण्टामा २५ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको हो।

उनले मन्त्री गड्कारीले ५ सय कामदार सडक निर्माणमा खटेको बताउँदै आगामी अक्टोबर भित्र ११० किलोमिटरको सडक निर्माण सम्पन्न भइसक्ने पनि जानकारी दिएका छन्। याे सडकले चारधामकाे यात्राका लागि वैकल्पिक मार्गका साथै हरिद्वार केदारनाथ, बद्रीनाथ जाने यात्रुहरूका लागि सुबिधा हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७