धर्म/ संस्कृति

यी ४ राशि भएका व्यक्तिलाई भाग्यले नै दिन्छ धनी बन्न साथ

यी ४ राशि भएका व्यक्तिलाई भाग्यले नै दिन्छ धनी बन्न साथ

सम्पत्ति आर्जन गर्नका लागि मेहनत गर्नुको विकल्प छैन । कुनै काममा लगनशीलताका साथ लाग्दा धन आर्जन हुन्छ । कुनै नयाँ खालको काम वा त्यसलाई तपाईँले दिएको महत्त्वले तपाईँको कामबाट कमाइ हुने कुरा निर्धारण हुन्छ । तर हिन्दु धर्म शास्त्रका अनुसार धनी बन्न वा पैसा कमाउनका लागि व्यक्तिको भाग्यमा भर पर्छ ।

तपाईँको भाग्य राम्रो छ भने तपाईँले सजिलै धन आर्जन गर्न सक्नुहुन्छ । तर यदि तपाईँको भाग्यमा छैन भने जति मिहेनत र लगनशिता भए पनि तपाइको काम बन्ने छैन । जन्म सयौँ, स्थानका आधारमा व्यक्तिको राशि, उसको कुण्डली तयार हुन्छ ।व्यक्तिको जन्म समय अनुसार उसमा ग्रहहरूको प्रभाव रहने गर्छ ।

ज्योतिष शास्त्र अनुसार केही राशि भएका व्यक्तिले सजिलै धन कमाउन सक्छन् ।४ राशिका व्यक्तिलाई उनीहरूको भाग्यले नै धनी बन्न साथ दिन्छ । यी ४ राशिका व्यक्तिले धेरै नै सम्पत्ति कमाउन सक्ने ज्योतिष शास्त्रमा उल्लेख छ ।

वृष राशि: वृष राशिका जातकमा सुन्दर र बिलासी सामान किन्ने शौक हुन्छ ।औसत ब्रान्डका सामग्री यी राशिका व्यक्तिलाई मन पर्दैन । तसर्थ यी राशिका व्यक्ति स्वतः धेरै धन कमाउन लालायित हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका व्यक्तिलाई भाग्यमानी मानिन्छन् । उनीहरूलाई धनी बनाउन राशि नै सहायक बन्ने गर्दछ ।

वृश्चिक राशि: धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन् । यस राशिका व्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ ।ठुला घर, कार, व्यापार व्यवसाय प्रति उनीहरू लिप्त हुन्छन् । दृढ निश्चय भएका कारणले पनि सम्पत्ति कमाउने मामलामा वृश्चिक राशिका व्यक्ति आफै पनि मेहनत गर्दछन् भने भाग्यले पनि साथ दिने गर्दछ ।

कर्कट राशि: कर्कट राशिका जातकलाई धन, सम्पत्ति कमाउन भाग्यले नै साथ दिने गर्दछ । यी राशिका व्यक्ति अवसरका खोजीमा हुन्छन् । जहाँ उनीहरूको रहर पूरा गर्न राशि नै सारथि बनिदिन्छ ।कर्कट राशिलाई स्वभाव सन् धनी बनाउन उनीहरूको आकाङ्क्षा र भाग्य बलियो हुने गर्दछ । यी राशिका व्यक्ति जग्गाजमिनको कारोबारबाट चाडै धनी बन्ने गर्दछन् ।

सिंह राशि:
सिंह राशिका जातकलाई भीडका बिचमा आफ्नो पहिचान बनाउने शौक हुन्छ । उनीहरू अन्य राशिका व्यक्ति भन्दा फरक हुने चाहाना राख्दछन् । साथै उनीहरूलाई सम्पत्तिको मामलामा राशिले पनि साथ दिने गर्दछ । महँगा कार, गरगहना, रुपैयाँ पैसाको चाहाना उनीहरूको सामान्यतया पूरा हुन्छ ।

यस कारण विशेष छ यसपालिको शिवरात्रि, ६ राशिलाई उत्तम

शिवरात्रिको दिनलाई भगवान शिवको उत्पत्ति भएको र शिव पार्वतीको विवाह भएको दिन रहेको शिव पुराणमा उल्लेख छ ।त्यसैगरी शिवरात्रिकै दिन भगवान शिवले सागर मन्थनका क्रममा निस्केको हलाहल विष पिएर सृष्टिको रक्षा गरेका थिए । त्यसै दिन देखि भगवान शिवलाई निलकण्ठ भन्ने थालिएको हो ।

गणित अनुसार २७ गते शिवरात्रि परेको छ । २६ गते राति १२ बजेर २९ मिनेटमा ग्रहको राजकुमार बुध ग्रहले राशि परिवर्तन गरेर आफ्नो मित्र राशि कुम्भ राशिमा जादैछ । बुध आफैमा बुद्धिको ग्रह हो, त्यो आफ्नै मित्र राशिमा जाने हुनाले शिवजीको विशेष कृपा बन्दै छ ।

२७ गतेबाट चैत्रको १५ गते सम्म यी ६ राशिहरूलाई शिवजीको कृपा बर्सिँदै छ ।

१)मेष राशि : कुम्भ राशिमा बुध ग्रह प्रवेश । ११ औँ भावमा बुध ग्रह जाँदा कमाइको स्रोतहरू बढ्नेछ । तपाईँलाई आँटिलो बनाइदिन्छ ।
२) वृष राशि : अत्यधिक स्वर्णिम समय आएको छ । इच्छाएका कुराहरू सबै पुरा हुनेछन् ।

३) मिथुन राशि : धर्म कर्म र भाग्यका कारण तपाईँले सोच्नुभएका हरेक कार्यहरू पुरा हुनेछन् ।
४) वृश्चिक राशि : चौथो भावमा बुध राशि पर्ने हुनाले तपाईँको लागि एकदमै सुख दिने समय छ । पिता तथा राज्यसँगका सम्बन्धहरू तपाईँलाई फलिफाप हुनेछ ।

५) धनु राशि : पुरुषार्थ बढेर जानेछ । जोस र जाँगर बढ्ने छ । आँटिलो बन्नुहुनेछ । पार्टनरसिपमा हुनुहुन्छ भने पनि समय एकदमै राम्रो छ ।
६) मकर राशि : बुध ग्रह दोस्रो भागमा रहेकोले कुटुम्ब बढ्ने सम्भावना बढी नै छ । रोग, ऋण र शत्रुलाई जितिनै जाने बेला छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७