मनोरञ्जन

५७ वर्षीय कलाकारले गरे २६ वर्षीया युवतीसँग पाँचौं बिहे

५७ वर्षीय कलाकारले गरे २६ वर्षीया युवतीसँग पाँचौं बिहे

हलिउड चलचित्र उद्योगका कलाकार ५७ वर्षीय निकोलस केजले आफ्नो पाँचौं बिहे २६ वर्षीया जापानी प्रेमिका रिको शिबाटासँग गरेका छन् । पिपुल म्यागेजिनसँग कुरा गर्दै निकोलसले भनेका छन्, ‘हो, बिहे गरेको साँचो हो र हामी धेरै खुशी छौं ।’ बिहेको खुलासा शुक्रवार मात्रै भए पनि दुवैले १६ फेब्रुअरीका दिन बिहे गरेका थिए । निकोलसका स्वर्गीय बुवालाई सम्मान दिन यसदिन बिहे गरिएको जनाइएको छ । बिहेपछि सामान्य सेलिब्रेसन आयोजना गरिएको थियो । बिवाहमा रोचक त के थियो भने उनको बिहेमा निकोलसकी पूर्व पत्नी समेत सहभागी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७