फोटो फिचर

‘डिम्पलवाली’ मोडल करिश्माको सुन्दरता, हेराैँ १५ तस्बिर

‘डिम्पलवाली’ मोडल करिश्माको सुन्दरता, हेराैँ १५ तस्बिर

नेपाली माेडल करिश्मा ढकालकाे चर्चा सामाजिक संजालमा निकै हुन्छ । उनले प्राय म्युजिक भिडियो शुटिङ जाँदाका तस्बिर शेयर गरिरहन्छिन् । उनले अभिनय गरेका म्युजिक भिडियो अहिलेसम्म एक हजारभन्दा बढी बाहिरिसकेका छन् । अहिलेकी चर्चित र व्यस्त मोडलकाे रुपमा उनकाे नाम अग्रपंतिमा पर्छ ।

‘कलाकारिताप्रति सानैदेखि रुचि राखेकि करिश्मा स्कुलका कार्यक्रममा नाच्ने, पुरस्कार जित्ने गर्थें,’ करिश्मा भन्छिन्, ‘पहिलोपटक अंकल अन्टीले ‘सेल्फी सेल्फी’ बोलको तीज गीतमा नाच्ने मौका दिनुभयो । त्यहीँबाट मेरो करिअर सुरु भयो ।’ करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा र लक्ष्मी मल्लले गाएका थिए भने श्रीकृष्ण बम मल्लको शब्द थियो । त्यो तीज गीत निकै चलेपछि उनको डिमान्ड बढ्न थाल्यो ।

माेडल करिश्माकाे अभिनय भन्दा पनि उनकाे डिम्पलकाे चर्चा हुने गर्छ । लाेग संगीत पारखीमा देखिने करिश्माका फ्यानले उनकाे डिम्पलकाे चर्चा निकै गर्छन् । एकै दिनमा पाँच वटासम्म भिडियो खेलेको अनुभव हासिल गरेको बताउने करिश्मा खासमा हिरोइन बन्न चाहन्छिन् । भन्छिन्, ‘म यही कलाकारिता क्षेत्रमै नाम उचो बनाउन चाहन्छु । मलाई अब हिरोइन बन्ने इच्छा छ ।’ उनलाई हिरोइन बन्ने अफर पनि आएको बताउछिन् तर भनेजस्तो पाएमा अभिनय गर्ने इच्छा छ ।

उनी भन्छिन्, ‘प्रोजेक्टहरू त्यत्ति चित्तबुझ्दो नलागेकाले एसेप्ट गरेकी छैन’ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, ओएस म्युजिक अवार्ड, सुन्दरादेवी म्युजिक अवार्डलगायतमा उत्कृष्ट मोडलको अवार्ड उनले जितिसकेकी छिन् ।

पढाइका साथै मोडलिङ र अभिनयलाई समेत एकसाथ अघि बढाइरहेकी उनी आफूलाई परिवारको पूर्णसाथ रहेको बताउँछिन् । हामीले समाजिक संजालबाट उनका केहि सुन्दर तस्बिर प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७