धर्म/ संस्कृति

विशेष छ यो पटकको शिवरात्रिः ६ राशिलाई मिल्दैछ शिवजीको कृपा

विशेष छ यो पटकको शिवरात्रिः ६ राशिलाई मिल्दैछ शिवजीको कृपा

शिवरात्रिको दिनलाई भगवान शिवको उत्पत्ति भएको र शिव पार्वतीको विवाह भएको दिन रहेको शिव पुराणमा उल्लेख छ । त्यसैगरी शिवरात्रिकै दिन भगवान शिवले सागर मन्थनका क्रममा निस्केको हलाहल विष पिएर सृष्टिको रक्षा गरेका थिए । त्यसै दिन देखि भगवान शिवलाई निलकण्ठ भन्ने थालिएको हो ।

यसपटक फागुन २७ गते शिवरात्रि परेको छ । २६ गते राति १२ बजेर २९ मिनेटमा ग्रहको राजकुमार बुध ग्रहले राशि परिवर्तन गरेर आफ्नो मित्र राशि कुम्भ राशिमा जादैछ । बुध आफैमा बुद्धिको ग्रह हो, त्यो आफ्नै मित्र राशिमा जाने हुनाले शिवजीको विशेष कृपा बन्दै छ ।


ज्योतिषशास्त्रअनुसार २७ गतेबाट चैत्रको १५ गते सम्म यी ६ राशिहरूलाई शिवजीको कृपा मिल्नेछ

१)मेष राशि : कुम्भ राशिमा बुध ग्रह प्रवेश । ११ औँ भावमा बुध ग्रह जाँदा कमाइको स्रोतहरू बढ्नेछ । तपाईँलाई आँटिलो बनाइदिन्छ ।
२) वृष राशि : अत्यधिक स्वर्णिम समय आएको छ । इच्छाएका कुराहरू सबै पुरा हुनेछन् ।

३) मिथुन राशि : धर्म कर्म र भाग्यका कारण तपाईँले सोच्नुभएका हरेक कार्यहरू पुरा हुनेछन् ।
४) वृश्चिक राशि : चौथो भावमा बुध राशि पर्ने हुनाले तपाईँको लागि एकदमै सुख दिने समय छ । पिता तथा राज्यसँगका सम्बन्धहरू तपाईँलाई फलिफाप हुनेछ ।

५) धनु राशि : पुरुषार्थ बढेर जानेछ । जोस र जाँगर बढ्ने छ । आँटिलो बन्नुहुनेछ । पार्टनरसिपमा हुनुहुन्छ भने पनि समय एकदमै राम्रो छ ।
६) मकर राशि : बुध ग्रह दोस्रो भागमा रहेकोले कुटुम्ब बढ्ने सम्भावना बढी नै छ । रोग, ऋण र शत्रुलाई जितिनै जाने बेला छ ।

यो पनि – विहान उठ्ने वित्तिकै गर्नुहोस् यी काम, हुँदैन् पैसाको कमी

भनिन्छ, दिनको संकेत विहानले देखाउँछ। त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ।दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ। विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ।

आज हामी तपाईलाई विहान उठ्ने गर्ने केही कामहरुका बारेमा जानकारी दिदैछौँ । जुन काम तपाईले विहान उठ्ने वित्तिकै गर्नु भयो भने तपाईको दिन शुभ मात्र हुने छैन आर्थिक अवस्थामा पनि सुधार हुँदै जानेछ।

हरेक विहान गर्नुहोस् यी काम

१) बिहानबिहानै हत्केला हेर्नुहोस
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस। मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ।

२) मन्दिर सफा राख्नुहोस
घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ। यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ।

३) बिहानै भुमिलाई प्रणाम गर्नुहोस
बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ। साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ।

४) गाईलाई रोटी खुवाउनुहोस्
सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस।

५) सुर्यलाई जल चढाउनुहोस्
सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ। यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७