समाचार

उद्घाटन नहुँदै क्षणभरमै खरानी बन्यो फर्निचर उद्योग

उद्घाटन नहुँदै क्षणभरमै खरानी बन्यो फर्निचर उद्योग

कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर उद्योगमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल तथा स्काभेटरका सहयोगमा सेना, प्रहरी र स्थानीयवासीले झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट करोडभन्दा बढीको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् । सञ्चालकका अनुसार उद्योगमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
आगलागी हुनुभन्दा पहिलेको उद्योगको तस्वीर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७