फोटो फिचर

घुमघाममा ‘मस्त’ करिश्मा (फोटो फिचर)

घुमघाममा ‘मस्त’ करिश्मा (फोटो फिचर)

अभिनेत्री करिश्मा मानन्धरलाई नचिन्नै सायदै भेट्न गाह्रो होला । १४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी करिश्माले ४६ बसन्त पार गरिसकिन् तर उनको सुन्दरतामा भने कुनै कमी छैन् । पछिल्लो समयमा करिश्माले दैनिक सामाजिक सञ्जालमा राख्ने तस्विरहरुले पनि ढल्किँदै गएको उमेरमा उनको सुन्दरता कती छ अनुमान लगाउन सकिन्छ ।

कक्षा ८ सम्म मात्र अध्ययन गरेकी करिश्माले २ वर्ष अगाडी एसएलसी परिक्षा उत्तिर्ण गरेकी हुन् । २०७५ सालको एसईई परिक्षार्थी भएर करिश्माले बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा पार्टीमा लागेर राजनीतिमा प्रवेश गरेकी करिश्माको राजनैतिक जीवन भने सफल हुन सकेन ।

त्यसैले उनले २०७६ सालको जेठ महिनामा पार्टी छाडेको घोषणा गरिन् । धेरै नेपाली नायिकाहरु यस क्षेत्रबाट पलाइन भैरहेतापनि करिश्मा पनि यसमा टिकेर बसेकी छिन् । करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर र उनको सुन्दरता देखेर आम मानिसहरु भन्छन् उमेर ढल्किए पनि करिश्माको सुन्दरता भने ढल्केको छैन । केहि समयअघि महानायिकाको उपाधी पाएकी उनी हाल घुमघाममा मस्त छिन् । बिभिन्न ठाँउ घुमेका तस्बिर उनले समाजिक संजालमा साझा गरेकी छन् ।

हेरौं नायिका करिश्माका केही तस्विरहरु

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७