समाचार

त्यसपछि युवतीले नै उनलाई साइड लगाउने विचार गरिन्….

त्यसपछि युवतीले नै उनलाई साइड लगाउने विचार गरिन्….

गत साता कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा मृ-त फेला परेका ३६ वर्षीय शिवचरण रानाको घटनाको रहस्य खुलेको छ । पक्राउ परेका ब्यक्तिले दिएको बयान र प्रहरीको अनुसन्धानपछि रहस्य बाहिर आएको हो ।

यो घटनामा एक युवतीको संलग्नता देखिएको छ । ती युवतीले आफूले घटना गराएको प्रहरीलाई बताएकी छिन् । ती युवती र शिवचरणको पहिलेदेखि अ-नैतिक स-म्बन्ध रहेको र सोही बिषयमा शिवचरणले त-नाव दिएपछि उनले घटनाको योजना बनाएकी थिइन् ।

प्रहरीका अनुसार ती युवती र शिवचरणको प्रेम थियो । दुवै विवाहित भएकाले त्यो सम्बन्ध एउटै गाउँको समाजले स्वीकार गर्ने कुरै थिएन । उनीहरु पारिवारीक रुपमा पनि नजिक थिए । शिवचरणले युवतीको पारिवारिक काममा समेत सहयोग गर्ने गरेका थिए ।

एकदिन युवतीका श्रीमानले दुवैलाई रंगे-हा’त आफ्नै घरमा फे’ला पारेपछि घटनाले अर्कै मोड लियो । त्यही दिन युवतीका श्रीमानले उनलाई घरबाट नि’का’लेको प्रहरीले बताएको छ । तर शिवचरणले २ लाख दिने र अबबाट नभेट्ने सहमतिपछि युवतीका श्रीमानले युवतीलाई पुनः स्वीकारे ।

शिवचरणले भने फेरी ती युवतीसँग भेट्न थाले र एकदिन भेटकै क्रममा तेश्री युवतीको फोन आएपछि प्रेममा धोका भयो । अनि युवतीले शिवचरणलाई किनारा लगाउने योजना बनाइन् । शिवचरणलाई बाटोबाट हटाउनकालागि युवतीले एक नातेदारलाई ४० हजारमा सुपारी दिएकी थिइन् ।उनीहरुबीच विगतमा भएको २ लाखको सम्झौताबारे चाल पाएपछि युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

सीमकार्डमा शिवचरण र युवतीबीच भएका ‘कलडिटेल’ भेटिएपछि अन्ततः युवती गलिन् र उनले आफ्नो अप-राध स्वीकार गरिन् । युवतीको साबिती बयानपछि ती दुवै युवकले नै शिवचरण रानाको ज्या-न लिएको निचोड निस्किएको एक उच्च प्रहरी अधिकारीले बताएको समाचार दिनेश खबरमा आशिष मल्लले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७