मुख्य समाचार

काठमाडौंमा जाडो १ डिग्रीमा झर्यो, अझै घट्न सक्ने

काठमाडौंमा जाडो १ डिग्रीमा झर्यो, अझै घट्न सक्ने

काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै धेरै जाडो भएको छ । मौसम विज्ञान विभागले बुधबार विहान ८ः४५ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री सेल्सियस छ ।

मौसमविद मिनकुमार अर्यालका अनुसार बिहान ६ बजे २ डिग्री सेल्सियस मापन गरिएको तापक्रम ८ः४५ बजे झन् घटेर १.५ मा पुगेको हो । उनले भने, ‘कहिलेकाहिँ आकाश सफा र हल्का हावा चलेको बेलामा बिहानैभन्दा केही घण्टापछि तापक्रम झन् घट्छ र चिसो महसुस हुन्छ ।

त्यस्तै जुम्लामा भने सबैभन्दा चिसो छ । त्यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस