समाचार

जिवराज आश्रित पत्नी ज्ञवाली ओलीलाई छाडेर प्रचण्ड-नेपाल समूहमा

जिवराज आश्रित पत्नी ज्ञवाली ओलीलाई छाडेर प्रचण्ड-नेपाल समूहमा

पोखरा- प्रतिनिधिसभा सदस्य माया ज्ञवाली प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा गएकी छन् । ज्ञवाली प्रचण्ड–नेपाल समूहको शुक्रबार सिंहदरबारमा बसेको संसदीय दल बैठकमा सहभागी भएकी हुन् । यसअघि उनी ओली समूहमा भएपनि प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने ८२ सांसदमध्ये ज्ञवाली एक थिइन् । तर, त्यसपछि भने उनी खुलेरै ओली समूहमा लागेकी थिइन् । ज्ञवाली नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रितकी पत्नी हुन् । आश्रितको मदन भण्डारीसँगै २०५० साल जेठ ३ गते रहस्यमय रूपमा दासढुंगामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७