अर्थ

निरन्तर घट्दै सुन, पुरानो मूल्यतिर झर्दै

निरन्तर घट्दै सुन, पुरानो मूल्यतिर झर्दै

पोखरा- सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको
सुनचाँदि महासंघले जनाएको छ । महासंघका अनुासार स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७