समाचार

२० वर्षीया युवती १६ दिनदेखि बेपत्ता

२० वर्षीया युवती १६ दिनदेखि बेपत्ता

धरान : सुनसरीको धरान उपमहानगरपालिका–८ की २० वर्षीया कविता श्रेष्ठ बेपत्ता भएकी छन् । फागुन ४ गते दिउँसो साथीको घर जान्छु भनेर घरबाट निस्किएकी उनी अहिलेसम्म नफर्किएको परिवारले बताएको छ । स्थानीय सहिद स्मृति माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत कविता बेपत्ता भएपछि विद्यालय परिवारले खोजिदिन अनुरोध गरेका छन् ।

सरस्वती पुजाको दिन विद्यालय आएर घर फर्किएकी उनी भोलीपल्टदेखि विद्यालय नआएको प्रध्यानध्यापक रामबहादुर विष्टले बताए । धेरै समयसम्म घर नफर्किएपछि इलाका प्रहरी कार्यालय धरानमासमेत निवेदन दिएको कविताकी ठुली आमा मैया श्रेष्ठले बताइन्। उनले कविताको अवस्था हालसम्म पत्ता नलागेकाले कसैले बेपत्ता बनाएको हुनसक्ने आशंका गरेकी छन्। विद्यालयमै अध्ययनरत साथीसँग धरान १५ को महादेव चोक र बगरकोटमा देखिएकी उनी अहिलेसम्म कहाँ गइन भनेर एकिन हुन सकेको छैन् ।

परिवारले उनका साथीलाई समेत अनुसन्धानको दायरामा ल्याएर कविताको खोजी गरिदिन प्रहरी समक्ष अनुरोध गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले उनको खोजीका लागि प्रहरी तिब्र रूपमा लागेको बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७