भिडियो समाचार

जलिरहेको आमाको शरिरमा रवीको नजर (भिडियो)

जलिरहेको आमाको शरिरमा रवीको नजर (भिडियो)

हालै सम्पन्न नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान अकास्मात करेन्ट लागेर मृत्यु भएको छ ।
बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषित गरेको सेती अञ्चल अस्पताल प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिए

रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ भने उनलाई कान्छी आमा विष्णा ओडले हुर्काएकी हुन् । उनका ३ छोरा र २ छोरीहरु छन् । उनको आजै परम्पराअनुसार दाहसस्कार पनि गरिएको छ । जहाँ रवीले आमाको जलिरहेको लास हेरेर भक्कानिएको देख्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal