विचित्र संसार

प्रेमिकालाई फकाउन ‘लभ आइल्याण्ड’ नै बनाए, प्रेमिका त आइनन् तर पर्यटक आउन थाले

प्रेमिकालाई फकाउन ‘लभ आइल्याण्ड’ नै बनाए, प्रेमिका त आइनन् तर पर्यटक आउन थाले

पोखरा- एक युवकले रिसाएर गएकी प्रेमिकालाई फकाउनको लागि लाखौं खर्च गरेर आफ्नो बगैंचालाई नै लभ आइल्याण्डमा परिणत गरे । तर, यति गर्दा पनि उनकी प्रेमिका भने प्रभावित भइनन् । यद्यपि ३० वर्षका यी युवकको मेहनत खेर भने गएन । अब यो लभ आइल्याण्डमा अन्य प्रेमी जोडीहरु घुम्नको लागि आउन थालेका छन् । जु थर भएका यी व्यक्तिले १ लाख युआन (करिब १८ लाख रुपैयाँ) खर्च गरेर आफेनो बगैंचालाई नयाँ रुप दिएका हुन् ।

यो पूरै आइल्याण्डलाई गुलाबी वनस्पतिले ढाकिएको छ । यहाँ कैयौं चेरीका रुखहरु पनि छन् । यसका अलावा यी व्यक्तिले यो रोमान्टिक स्पटसम्म जानको लागि एउटा पुल पनि बनाएका छन् । चीनको सरकारी अखबार पिपुल्स डेलीका अनुसार जुले आफ्ना बुढा मातापिताको हेरचाह गर्नका लागि गाउँ जाने निर्णय गरेपछि उनकी प्रेमिकाले ब्रेकअप दिएकी थिइन् । ब्रेकअप भइसकेपछि जुले एकपटक फेरि आफ्नी प्रेमिकालाई फकाउने प्रयास गरेका थिए तर यसमा उनी सफल हुन सकेनन् । तर, ती युवक अझै पनि प्रेमिकाको प्रतिक्षा गरिरहेका छन्

यो लभ प्रोजेक्ट पूरा हुन करिब १ वर्षको समय लाग्यो । हालै यो आइल्याण्डको काम पूरा भएको हो । जुकी प्रेमिका उनको यो कामबाट प्रभावित भए पनि उनीसँग फेरि सम्बन्धमा आउन भने अस्वीकार गरिन् । जुका अनुसार उनी निकै रोमान्टिक छन् तर आफ्ना भावना शब्दमार्फत व्यक्त गर्न असहज महसुस गर्छन् । त्यसैले उनी यस्ता कामबाट आफ्ना भावना व्यक्त गर्छन् । जुकी प्रेमिका नफर्किए पनि उनले बनाएको लभ आइल्याण्ड प्रेमी जोडीबीच लोकप्रिय भएको छ । यहाँ कैयौं जोडी विवाहको प्रस्ताव राख्न र विवाहपछिको फोटोसुटका लागि आउँछन् । डिसी नेपालको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७