मनोरञ्जन

श्रृङ्खलाले ‘छक्का पन्जा ४’ मा हिरोईन बन्ने अफर रिजेक्ट गरिन्

श्रृङ्खलाले ‘छक्का पन्जा ४’ मा हिरोईन बन्ने अफर रिजेक्ट गरिन्

मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडाले फिल्म अफर रिजेक्ट गरेकी छन् । श्रृङ्खलाले ‘छक्का पन्जा ४’को अफर रिजेक्ट गरेकी हुन् ।

‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले श्रृङ्खलालाई आगामी सिरिज अभिनय अफर गरेकी थिईन थिइन् तर उनलृ उक्त अफर अस्वीकार गरेकी छन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मुन्द्रेको कमेडी क्लब’को हालैको एपिसोडमा श्रृङ्खला अतिथिको रुपमा पुगेकी थिइन् ।

उक्त शोमा शोकी अध्यक्ष दीपाश्रीले उनलाई फिल्म अफर दिएकी थिइन् । तर उनले दीपालाई अफरका लागि धन्यवाद दिँदै फिल्म अभिनय नगर्ने तर उक्त फिल्मको पहिलो शो हेर्न चाहिँ आफू पुग्ने बताएकी थिईन्।

‘फिल्म मार्फत रिलको हिरोइन बन्नुभन्दा समाजसेवा मार्फत रियलको हिरोइन बन्ने रुचि आफ्नो रहेको छ ’ श्रृङ्खलाले भन्ने गरेकी छन् ।

हालै सम्पन्न मिस वर्ड प्रतिस्पर्धामा टप १२ भित्र परेर बाहिरिएकी उनी यतिबेला देश तथा विदेश सबै तिर लोकप्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal