मनोरञ्जन

‘ब्युटिफूल’ नायिका उपासनाको लोभलाग्दो फड्को (१८ तस्बिरसहित)

‘ब्युटिफूल’ नायिका उपासनाको लोभलाग्दो फड्को (१८ तस्बिरसहित)

चलचित्र क्याप्टेनबाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाइन् । उनको अभिनयलाई दर्शकले निकै रुचाए ।

चलचित्रको बजारमा जम्न सहज छैन । यसमाथि, थोरै चलचित्रमा काम गरेर जम्ने अवसर सबैका लागि हुँदैन । नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे ।

चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो । चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए ।

नायिका सिंहलाई ‘क्याप्टेन’मा काम गर्दा धेरैले विभिन्न खालको टिकाटिप्पणी गरेका थिए । कसैले उनलाई मोटी भने, कसैले नायिकाको लागि फिट नरहेको भनेर टिप्पणी गरे । नायिका ठकुरी भन्छिन्–‘हामीले चलचित्रको पर्दामा वास्तविक जीवनका मानिसको पात्र चित्रण गर्ने हो । यसैले, कसैलाई पनि उसको शारीरिक वनावट हेरेर मुल्यांकन गर्नु गलत हो ।’

चलचित्र ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएपछि निर्देशक रामबाबु गुरुङले नायिका उपासना सिंह ठकुरीलाई ‘कबड्डी कबड्डी कबड्डी’मा लिने मनस्थिती पक्का गरेका थिए । यो गीतमा उनको अभिनय हेरेपछि उनी पक्का थिए कि, उपासना आफ्नो कथाको पात्रमा फिट छिन् । तर, नायक दयाहाङ राई भने उपासनालाई शंकाको घेराले हेर्दै थिए ।

कतै उपासना आफ्नो जोडी नभएर छोरी जस्तो देखिने हुन् कि भन्ने डर दयामा थियो । तर, स्क्रिन टेष्ट गर्दा दयालाई उपासना आफ्नो जोडीमा फिट लाग्यो । पहिलो चलचित्रमा काँचो माटो देखिएकी उपासनाले दोश्रो चलचित्रसम्म आइपुग्दा आफूलाई बलियो रुपमा प्रस्तुत गरेकी छिन् ।

उनको चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार मात्र गरेको छैन, उनले दर्शकको मन आफ्नो कामले पनि जितेकी छिन् । यसैले, त उनलाई अबको आशा लाग्दी नायिका भनेर विश्लेषण गर्न थालिएको छ ।

प्रियंका कार्कीको नम्बर १ को पोजिसन नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उछिनिन् । प्रियंकाले जति चाडो सफलता पाइन्, त्यती नै चाडो आफ्नो स्थान पनि गुमाइन् । साम्राज्ञीलाई पनि अहिले नम्बर १ को स्थान जोगाउन गाह्रो परिरहेको छ । यसैले, पनि नायिकाहरुको पोजिशनमा आएको फेरबदलले उपासनालाई अगाडि ल्याउन सक्छ ।

उनले पहिलो चलचित्रमा आफूलाई नोटिस गराइन् भने दोश्रो चलचित्रमा दर्शक र समिक्षकको तारिफ कमाइन् । तर, दुबै चलचित्रले चर्चा पाउनुमा उनी मात्र कारण थिइनन् । यसैले पनि उपासनाका लागि आगामी दिन सजिलो भने छैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७