राजनीति

कहाँ छन् ‘विप्लव’ ? सरकारले हेलिकोप्टरबाट काठमाडौं ल्याउने

कहाँ छन् ‘विप्लव’ ? सरकारले हेलिकोप्टरबाट काठमाडौं ल्याउने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । उच्च स्रोतका अनुसार एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो ।सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि लामो समयदेखि भूमिगत विप्लव सार्वजनिक हुने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । विप्लव कहाँ छन् भन्ने बिषयमा केहि खुलाइएको छैन । स्रोतले भन्यो, “विप्लवलाई ल्याउन हेलिकोप्टर तयारी अवस्थामा छ । उनी कहाँ छन् थप जानकारी छैन । भोलि सबै कुरा खुल्नेछ ।”

विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, पार्टीनिकट सञ्चारमाध्यमलाई भने उनले अन्तर्वार्ता दिँदै आएका थिए । विप्लव समूहमाथि सरकारले ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७