मनोरञ्जन

बुद्धको ‘सानी नरिसाउ न’ लाई साढे १७ करोड भ्यु

बुद्धको ‘सानी नरिसाउ न’ लाई साढे १७ करोड भ्यु

प्रथम नेपाल आइडलको उपाधि विजेता बुद्ध लामाले गाएको ‘सानी नरिसाऊ न, मलाई फकाउन आउँदैन’ बोलको पछिल्लो गीतले निकै भ्युअर पाएको छ ।

मंगलबार साँझसम्म टिकटकमा एक सय ७२ दशमलव ५ मिलियन भ्यु पाएको छ। भने यही गीतको भिडियो युट्युबमा मंगलबार साँझसम्म ४१ लाख ५० हजारले हेरेका छन्।

भिडियो २०१८ को सेप्टेम्बर ६ तारिखमा युट्युबमा प्रकाशित गरिएको हो। भिडियोमा लाइक पनि त्यत्तिकै छ।

आशुसेन लामाको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा बुद्ध आफैंले अभिनय गरेका छन्। उनलाई विनिताले अभिनयमा साथ दिएकी छन्। भिडियोका निर्देशक मोहनराज अधिकारी हुन् भने भिडियो अमेश वज्राचार्यले खिचेका हुन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal