विचित्र संसार

१७ वर्षकी विद्यार्थीको कपडा ‘भित्री वस्त्र’जस्तो भन्दै कक्षाबाट निकाली दिएपछि…

१७ वर्षकी विद्यार्थीको कपडा ‘भित्री वस्त्र’जस्तो भन्दै कक्षाबाट निकाली दिएपछि…

काठमाडौं- १७ वर्षकी एक छात्राले लगाएको माथि घाँटीसम्म नै ढाकिने, पूरा बाहुला भएको र तल घुँडासम्मको पहिरनलाई भित्री वस्त्रजस्तो भएको र यसले शिक्षकहरुलाई ‘असहज’ महसुस हुने भन्दै कक्षाबाट निकालेर घर पठाएपछि यो बिषयले निकै चर्चा पाएको छ । छात्राका पिताले फेसबुकमा पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् ।

क्यानडाको ब्रिटिश कोलम्बियाको काम्लूप्सकी क्रिस्टोफर विल्सनका अनुसार उनकी छोरी १७ वर्षकी कारिस स्कुलबाट रुँदै घर आएकी थिइन् । उनले पढ्ने नोर्काम सिनियर सेकेण्डरी स्कूलकी एक शिक्षिकाले उनको कपडालाई भित्री वस्त्रजस्तोे भनेकी थिइन् । ती शिक्षिकाले उनले लगाएको पुरुष विद्यार्थी शिक्षकलाई अप्ठ्यारो महसुस गराउन सक्ने भनेकी थिइन् ।

विल्सनकाअनुसार ती शिक्षिकाले छात्रालाई कक्षाबाट प्रिन्सिपलकहाँ लगेकी थिइन् र प्रिन्सिपलले पनि कारिसको पहिरन अनुचित भएको कुरामा सहमत भएका थिए । रिपोर्टअनुसार प्रिन्सिपलले विल्सनलाई स्कुलको ड्रेस कोड पनि देखाएका थिए जसमा शिक्षण सिकाइबाट ध्यान अन्यत्र मोड्ने पहिरन लगाउन बन्देज लगाइएको छ । विल्सनले भने बिनाकारणको संज्ञा दिँदै आफ्नी छोरीलाई एक्लो पारिएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७