पत्रपत्रिकाबाट

‘जू’ मा प्रधानमन्‍त्रीले चिम्पान्जीलाई ओ काले, ओ काले भनेपछि…

‘जू’ मा प्रधानमन्‍त्रीले चिम्पान्जीलाई ओ काले, ओ काले भनेपछि…

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले ललितपुरको जावलाखेलमा रहेको चिडियाखानाको अवलोकन गरेका छन् । बुधबार जावलाखेल पुगेर ओलीले चिडियाखानाको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले रोचकताका साथ वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गरेका हुन् । वन्तजन्तुको अवलोकन गर्दै भालु भएका ठाउँमा पुगेर ओलीले, ‘ओ भालु, एता हेर…ओ भालु उता हेर..’ भन्दा हाँसोको फोहोरा नै छुटेको थियो ।

वन्यजन्तुलाई रोचक ढंगले बोलाएका प्रधानमन्त्री ओलीले चिपान्जी भएको ठाउँमा पुगेर, ‘ओ काले, ओ काले…’ भन्दै बोलाए । चिडियाखाना प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई हात्तीले स्वागत गरेको थियो । आफूलाई स्वागत गर्ने हात्तीलाई उनले फलफूल खुवाए ।

अवलोकनसँगै प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओलीले चिडियाखाना परिसरमा प्रतिस्थापन गरिएको शिलापत्रसमेत अनावरण गरेका छन् । २०५२ साल पुस १४ गते स्थापना भएको सदर चिडियाखानाको व्यवस्थापन गर्ने जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राप्त गरेको २५ औं वर्ष पुगेको अवसरमा बुधबार विषेश कार्यक्रम गरिएको हो ।

अन्नपूर्ण पोष्ट/ सुनिता डंगोल

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७